यी हुन् पछिल्लो समयमा चर्चामा रहेका सेलिब्रेटी
काठमाडौंँ । सेलिब्रेटीका विचार र पारिवारिक सम्बन्ध र क्रियाकलका विषयले बेला–बेलामा मिडियादेखि सामाजिक सञ्जालसम्म तात्ने गरेको छ । पछिल्लो समय केही सेलिब्रेटीका यस्तै क्रियाकलापले मिडियादेखि सामाजिक सञ्जालमा चर्चा पाइरहेका छन् । ती सेलिब्रेटी र उनीहरूको चर्चाको विषयमा यहाँ उल्लेख गर्न खोजिएको छ ।
एलिना चौहान :
चर्चित गायिका एलिना चौहान विष्णु सापकोटासँगको वैवाहिक सम्बन्धमा आएको दरारको विषयले केही समयदेखि लगातार चर्चा छिन् । गत वैशाख ५ गते धुमधामले विवाह गरेको यो जोडीेको ८ महिनामै वैवाहिक जीवनमा दरार आएको विषय प्रकाशमा आएको छ ।
त्यसो त, एलिना केही अगाडि ओशोमार्गी बनेर पनि चर्चामा आएकी थिइन् ।
एलिनाको वैवाहिक जीवनमा दरार आएको विषयलाई गायिका ज्योति मगरको फेसबुक स्टाटसले अझ बढी चर्चामा ल्यायो । ज्योतिले एक चर्चित गायिकाले हिंसा सहेको आशयको पोस्ट गर्दै केही समयपछि डिलिट गरेकी थिइन् । त्यसपछि केही मिडियाले एलिनाको डिभोर्सको चर्चाबारे समाचारसमेत बनाए । एलिनाले भने यस विषयमा पछि बोल्ने बताएकी छन् ।
समीक्षा अधिकारी :
गायिका समीक्षा अधिकारीले श्री एयरलाइन्सको विषयमा सामाजिक सञ्जालमा गरेको गुनासोका कारण चर्चामा छाइरहेकी छन् । उनले श्री एयरलाइन्सको कारण आफ्नो कार्यक्रम छुटेको गुनासो पोखेकी थिइन् । बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजेमात्रै उड्छ भन्दै उनले श्री एयरलाइन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको गुनासो पोखेकी थिइन् ।
उनको गुनासोमा गायिका ज्योति मगरले प्रकृतिभन्दा माथि कोही पनि नहुने भन्दै टिप्पणी गरेपछि यो विषयमा सामाजिक सञ्जाल तातेको थियो ।
ज्योति मगर : यतिबेला सामाजिक सञ्जालमा गायिका ज्योति मगरको स्टेज प्रस्तुतिदेखि गीत–संगीतको समेत आलोचना भइरहेको छ । गायिका समीक्षा अधिकारीविरुद्ध सामाजिक सञ्जालमा खनिएको कारण उनको आलोचना सुरु भएको हो । समीक्षाले श्री एयरलाइन्सको जहाज डिले भएको विषयमा गरेको टिप्पणीप्रति आक्रोश पोख्दै ज्योतिले प्रकृतिभन्दा माथि कोही पनि नहुने बताएकी थिइन् ।
‘भर्खर भर्खर प्लेन चढ्न थालेका कलाकारहरू आजभोलि अधिकांश एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयङ्कर ठुलो स्टार सम्झेको देख्दा मलाइ हाँसो उठ्छ’, उनले समीक्षा लक्षित टिप्पणी गर्दै फेसबुकमा लेखेकी थिइन् । त्यस यता सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् ।
खेम सेन्चुरी :
गायक खेम सेन्चुरी ‘द भ्वाइस अफ नेपाल–६’मा खुट्टाले ‘बजर’ थिचेको कारण सामाजिक सञ्जालमा चर्चामा छन् । यस विषयको पक्ष तथा विपक्षमा बहस भइरहेका छन् । ‘द भ्वाइस अफ नेपाल’ खुट्टाले ‘बजर’ थिच्ने खेम पहिलो व्यक्ति भने होइनन् ।
अभया सुब्बा, राजु लामा, राजेशपायल राई, प्रमोद खरेल, मिलन नेवार लगायतका कोचले यसअघि खुट्टाले बजर थिचिसकेका छन् । तर, त्यतिबेला यस्तो विवाद निम्तिएको थिएन ।
अहिले खेम सेन्चुरीको समयमा आएर विवाद निम्तिएको हो । यो विषयले सामाजिक सञ्जालदेखि मिडियासम्ममा ठाउँ बनाएको छ ।
शोमा गायक सेन्चुरीले इन्द्रकला राईले गीत गाइसकेपछि उत्साहित हुँदै ‘बजर’लाई खुट्टाले थिचेका थिए । सबैजसो कोचले हातले ‘बजर’ थिचिरहेको समयमा सेन्चुरीले भने उत्साहित हुँदै कुर्सीमा उभिएर बजर थिचेको विषय आलोचना भएको हो ।
शिल्पा पोखरेल :
पछिल्लो समय चर्चामा रहेका सेलिब्रेटीमा अभिनेत्री शिल्पा पोखरेल पनि पर्छिन् । उनले निर्माता छविराज ओझासँग घर लिएको विषय अहिले चर्चामा छ । यस विषयमा धेरै मिडियाले समाचारसमेत बनाएका छन् । केही मिडियाले शिल्पाले छविसँग ४ करोडको घर लगायतको सम्पत्ति लिएको लेखेका छन् ।
तर एक मिडियासँगको कुराकानीमा शिल्पाले छविसँग ६ वर्षसँगै रहँदा आफूले कमाएको सम्पत्तिको सट्टामा घर लिएको बताएकी छन् ।
बबिता बानिया (जेरी) :
लोकदोहोरी गायिका बबिता बानिया (जेरी)को चर्चा पनि बेग्लै छ । उनी गायनको कारणले भन्दा पनि अध्यात्मको कारण चर्चामा छिन् । लाइभ दोहोरीमा जमेकी उनी केही समय हराएर अध्यात्ममा ‘योगमाया सखी’को रूपमा उदाएकी छन् । उनको पहिलो भागवत कथा वाचन राजधानीको नागार्जुन नगरपालिका १, रानीवनस्थित नागभुषण महादेव मन्दिर परिसरमा हुन लागेको छ । यही विषयले उनी सामाजिक सञ्जाल र मिडियामा छाइरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो कार्यकारिणी समितिको बैठक
-
हर्क साङपाङको अख्तियारलाई जवाफ : को हो त्यो बुझेर लेखिपठाउनु !
-
ओलीले बालुवाटारबाटै गरे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन
-
बालविवाह मुक्त नेपालका लागि मुख्यमन्त्री लामाको प्रतिबद्धता
-
‘कांग्रेस–एमाले बहुदलीय व्यवस्था मास्न र दुई दलीय व्यवस्था कायम गर्ने षड्यन्त्रमा छन्’
-
शनिवार हुने राष्ट्रिय युवा सङ्घको भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने