शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय
सङ्घर्ष

भरिया हुँदै ‘इन्टरनेशनल माउन्टेन लिडर’ बन्न सफल कृष्ण कुमार

शुक्रबार, ११ माघ २०८१

दोलखाको जिरीलाई ‘नेपालको स्वीट्जरल्याण्ड’ भनेर पनि चिनिन्छ । त्यही सुन्दर ठाउँ जिरीको काखमा हुर्किएका हुन् कृष्ण कुमार मगर । जिरीलाई सगरमाथाको मूलद्वारसमेत मानिन्छ । पर्यटकहरू यही बाटो आवतजावत गर्ने गर्छन् ।

बाल्यकालमा कृष्णकुमार जिरीको बाटो हुँदै सगरमाथा क्षेत्र घुम्न निस्किएका पर्यटकहरूको लस्कर देखिरहन्थे । कतै न कतै त्यो दृश्यले उनको मनमा जरा गाडेको थियो । थाहै नपाइ उनी पर्यटन क्षेत्रमा तानिए ।

स्कुल पढ्ने बेलादेखि नै पर्वतीय पर्यटन पेसामा उनी सक्रिय भए । स्कुल जाने बेला विदेशी पर्यटकहरूको लस्करसँगै नेपाली गाइडहरू पनि हुन्थे । त्यो दृश्यले उनलाई लोभ्याउँथ्यो ।

पर्यटकहरूलाई डोर्‍याउँदै अगाडि लम्किरहेका गाइडको पेसाप्रति उनको विशेष चाख थियो । उनी मनमनै सोच्थे– कुनै दिन म पनि गाइड बन्छु र, विदेशीहरूलाई घुमाउँछु ।

कक्षा ८ सम्म दोलखाको जिरीमै अध्ययन गरेका उनी थप अध्ययनका लागि काठमाडौँ हानिए । कृष्णकुमारको मन भने पर्यटन पेसामै थियो । त्यसो हुनुमा उनी जन्मे, हुर्केको जिरीकै ठुलो भूमिका थियो । राजधानी पसेपछि उनले अनेक दुःख, संघर्ष झेले । अभावका दिनहरु झेले ।

WhatsApp Image 2024-12-26 at 5.52.04 PM (2)

त्यसो त उनलाई लाहुरे बन्ने भूत नचढेको होइन । त्यसका लागि उनले अनेक संघर्ष पनि गरे तर, सफल हुन सकेनन् । घरको आर्थिक अवस्था पनि बलियो थिएन । जिरी फर्किएर ट्रेकिङ पेसा नै अँगाल्ने सोचमा थिए उनी ।

त्यस बेला सोलुखुम्बुतिरका अधिकांश मानिस ट्रेकिङबाट मनग्गे पैसा कमाइरहेका थिए । सुरुमा पर्यटकको भरिया बनेर कृष्ण कुमारले पर्यटन क्षेत्रमा हात हाले ।

घरको आर्थिक अवस्थालाई सबल बनाउन पर्यटन क्षेत्रमा काम गर्ने सोच बनाएका उनी काम गर्दै जाँदा अहिलेको अवस्थामा पुगेको बताउँछन् । सुरुमा त उनले सोचेजस्तो सहयोग पाएनन् । काम पाउन पनि मुस्किल थियो । न त उनको बलियो नेटवर्क थियो, न कतै कसैसँग चिनजान थियो । हिम्मत नहारी उनी कामको खोजीमा लागिरहे ।

WhatsApp Image 2024-12-26 at 5.52.13 PM

कृष्ण कुमारले बल्लतल्ल पर्यटकको भारी बोक्ने काम पाए । पहिलो पटक भरियाको रूपमा उनी अन्नपूर्ण आधार शिविरसम्मको ट्रेकिङमा गए । ५०/५५ किलोको भारी बोकेर ‘हाई अल्ट्च्यिुड’को यात्रा गर्दा अनेकौँ कठिनाइ झेल्नु पर्थ्यो । कुनै दिन पर्यटकको भारी बोकेर संघर्ष गरेका उनी अहिले एक ट्रेकिङ कम्पनीका मालिक छन् । त्यति मात्र होइन, उनी नेपालकै पहिलो इन्टरनेशनल माउन्टेन लिडर हुन् ।

नेपाल तथा फ्रान्समा उनले माउन्टेन लिडरमा डिप्लोमा अध्ययन गरेका छन् । यो कोर्ष पढ्न निकै महँगो हुन्छ । उनले केही रकम आफ्नो, केही रकम छात्रवृत्ति बापत पाए ।

WhatsApp Image 2024-12-26 at 5.52.10 PM

अंग्रेजी, फ्रेन्च भाषामा कमान्ड बनाइसकेका कृष्ण कुमारले अहिले गाइड, इन्टरनेशनल माउन्टेन लिडर र ट्रेकिङ कम्पनीका मालिकको पहिचान बनाएका छन् । यो स्थानसम्म पुग्नुमा आफ्नो परिवार, गुरु र साथीभाइहरूको सहयोग रहेको उनी बताउँछन् ।

युरोप र नेपाल बरोबर आउजाउ गरिरहने उनी माउन्टेन लिडर प्रशिक्षक समेत हुन् । विदेशमा नेपालको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउने पर्यटन व्यवसायीभित्र पर्छन् उनी ।

Screenshot 2025-01-22 151403

कृष्ण कुमारले विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै चुलु इष्ट, चुलु वेस्ट, आइसल्याण्ड पिक, लोबुचे पिकलगायत धेरै वटा हिमाल आरोहण गरिसकेका छन् । उनी मनास्लु, आमा दब्लम हिमालको आरोहण गर्ने तयारीमा छन् ।

WhatsApp Image 2024-12-26 at 5.52.04 PMWhatsApp Image 2024-12-26 at 5.52.08 PM

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया