जन्मसिद्ध नागरिकता बदल्ने ट्रम्पको आदेशलाई न्यायाधीशले रोके

काठमाडौं । अमेरिकी न्यायालयले संविधानमा निहित जन्मसिद्ध नागरिकतालाई बदल्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अस्थायी रुपमा रोक लगाएको छ । न्यायाधीशले उक्त आदेश पूर्ण रुपमा असंवैधानिक रहेको राय पेश गरे ।
यसअघि ट्रम्ले डाभोस इकोनोमिक फोरममा अमेरिकामा आफ्नो उत्पादन नगर्नेले खरबौँ ठलर ट्यारिफको सामना गर्नु पर्ने चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए । ट्रम्पले यो पनि भनेका छन्, ‘क्यानाडा अमेरिकाको एक राज्य बन्न सक्छ ।’ र, अमेरिकालाई क्यानाडाका कार र काठको जरुरत छैन ।
यसैबीच, ट्रम्पले आप्रवासन कारबाही अन्तर्गत सीमामा १५ सय सैनिकलाई प्रतिबन्ध लगाउने आदेश दिएका छन् भने दश हजार सैनिक तैनाथ गर्ने तयारी गरेका छन् । उता क्रेमलिन प्रशासनले युक्रेन युद्धबारे ट्रम्पसँग निरन्तर तथा सम्मानजनक वार्तालापका लागि तयार रहेको प्रतिक्रिया दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रुसको यो प्रतिक्रिया आउनुअघि ट्रम्पले कि हास्यास्पद रुपमा वर्णित युद्ध नरोके कठोर आर्थिक प्रतिबन्धको सामना गर्नु पर्ने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको पुनः सोधे २४ घण्टे स्पष्टीकरण
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान