बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बिहीबार, १० माघ २०८१, १८ : २१
बिहीबार, १० माघ २०८१

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्राचीन सम्पदाहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आर्थिक समृद्धिमा जोड्नुपर्ने बताएका छन् । बिहीबार ऐतिहासिक मकवानपुरगढीको २६२ विजय उत्सव समारोहलाई सम्बोधन गर्दै उनले पुरातात्त्विक महत्त्व बोकेका गढी तथा सम्पदाहरूलाई संरक्षण गर्दै नागरिकहरूको आयआर्जनमा जोड्न जरुरी रहेको  बताएका हुन् ।

मुख्यमन्त्री लामाले संरक्षण अभावमा इतिहास जोडिएको क्षेत्रहरू जीर्ण अवस्थामा पुगेको बताए । उनले इतिहासका अवयवहरूलाई व्यवस्थित रूपमा विकास र प्रवर्द्धन गर्नु जरुरी रहेको बताए । मकवानपुरगढीमा इतिहासबारे जानकारी दिने र आएका पर्यटकलाई भुल्याउने प्रकृतिका संरचनाहरू निर्माण गरेर नागरिकहरूको जीवनस्तरमा जोड्नु अहिलेको आवश्यकता रहेको उनले औँल्याए । प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा मकवानपुरगढी दरबार क्षेत्रको विकास तथा संरक्षणको वृहत् योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप