देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् । बिहीबार काठमाडौँमा गजेन्द्रनारायण सिंहको २४ औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष राउतले सरकारका पछिल्ला केही निर्णयहरुले दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको महसुस गरेको बताए । उनले मधेसवादी दलहरू अब एकत्रित हुने ठुलो सम्भावना रहेको पनि बताए । उनले दुई वटा विपरीत धारका दलहरू मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा बिरलै हुने बताए ।
उनले भने, ‘मधेसवादी दलहरू एकत्रित हुने ठुलो सम्भावना छ । किनभने दुई वटा ठुला दलहरू आपसमा मिलेर सरकार बनाएका छन् । जुनकुरा लोकतान्त्रिक देशमा बिरलै हुने कुरा हो । दुई वटा विपरीत धारका दलहरू मिलेर सरकार बनाउने कुरा लोकतान्त्रिक देशमा हुँदैन ।’
अध्यक्ष राउतले व्यवस्थामाथि नै खतरा आउने चिन्ता लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?
-
बोर्डभित्र असन्तुष्टिबिच अघि बढ्यो नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया
-
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छ : मन्त्री भण्डारी
-
कमल थापा दिल्ली प्रस्थान
-
चाबहिलमा युवकको हत्या, ३ जना पक्राउ
-
नेपाली महिलाहरूलाई गैरकानुनी ढंगले कुवेत पुर्याउनेलाई कारबाही गर्न माग