६ महिनामा ७ हजार ४८ मेट्रिक टन सुन्तला आयात
बिहीबार, १० माघ २०८१, १६ : ३७
_13BDvS6CDd.jpg)
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा ७ हजार ४८ मेट्रिक टन सुन्तला भित्रिएको छ । भन्सार विभागका अनुसार सो परिमाणमा सुन्तला आयात गर्दा ५० करोड ६१ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ ।
यस्तै राज्यले ९ करोड ७५ लाख ०६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालबाट भने १ लाख ८ हजार रुपैयाँ बराबर ४ मेट्रिक टन सुन्तला निर्यात भएको छ ।
नेपालमा तीन महिना (पुस, माघ र फागुन) सुन्तलाको सिजन हो । तर सिजनमै सुन्तला आयात भएको सरकारी तथ्याङ्कले देखाउँछ । सुन्तला हाल देशभर २९ हजार हेक्टरमा उत्पादन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक