प्रयोगकर्ताहरूको निजी सन्देशहरू अन्य कम्पनीलाई दिएका लिंक्डइनमाथि आरोप

वासिङटन डीसी । अमेरिकामा लिंक्डइनका प्रिमियम प्रयोगकर्ताहरूले कम्पनीमाथि मुद्दा दायर गरेका छन् । कम्पनीले प्रयोगकर्ताहरूको डेटा अन्य कम्पनीहरू दिएको भन्दै उक्त मुद्दा हालिएको हो ।
विश्वको सबैभन्दा ठूलो व्यावसायिक सामाजिक सञ्जाल वेबसाइट लिंक्डइनले आफ्ना व्यक्तिगत सन्देशहरू अन्य कम्पनीहरूलाई दिइरहेको उनीहरूको आरोप छ । कृत्रिम बौद्धिकता अर्था एआई मोडेलहरूलाई तालिम दिन आफ्ना सन्देशहरूको दुरुपयोग गरिएको मुद्दामा भनिएको छ ।
आरोपहरू अनुसार गएको वर्ष अगस्टमा लिंक्डइनले गुप्त रुपमा एक गोपनीयता सेटिङ सुरु गरेको थियो । यसले प्रयोगकर्ताहरूलाई स्वचालित रूपमा यस्तो एउटा कार्यक्रममा सहभागी गराएको थियो जसमा थर्ड पार्टी कम्पनीहरूले आईलाई तालिम दिन उनीहरूको व्यक्तिगत डेटा प्रयोग गर्न सक्थे ।
प्रयोगकर्ताको जानकारी एआईलाई तालिम दिन दिन सकियोस् भनेर एक महिना पछि कम्पनीले आफ्नो गोपनीयता नीति परिवर्तन गरेको आरोप पनि लगाइएको छ । तर लिंक्डइनका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै यो आरोप अस्वीकार गरेका छन् ।
‘यी झूटा दाबीहरू हुन् जसको कुनै आधार छैन’ प्रवक्ताले भनेका छन् । लिंक्डइन अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टको कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी