इनड्राइभ चालक प्रवीण : महिलाहरूलाई मोडल बनाउँछु भनेर यसरी बिछ्याउँथे जाल
काठमाडौँ । यौन उत्पीडन गरेको आरोपमा पक्राउ परेका इनड्राइभ चालक अन्य मुद्दामा पनि फरार रहेको भेटिएको छ । महिला ग्राहकलाई यौन उत्पीडन गरेको आरोपमा चितवनको नारायणी नगरपालिका वडा नम्बर–४ घर भएका प्रवीण बराल माघ ८ मा पक्राउ परेका थिए ।
उनी दुईवटा बैंकिङ कसुर मुद्दामा पनि फरार देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘प्रहरी वृत्त गौशाला र अर्को एउटा प्रहरी युनिटमा उनीविरुद्ध बैकिङ कसुरमा जाहेरी दर्ता भएर फरार रहेको भेटिएको हो ।’
चितवनको मुग्लिन बजारबाट ‘सिटी टु सिटी’ राइडमार्फत काठमाडौँ जान अनलाइनमार्फत आग्रह गर्दा २५ वर्षीय बरालले ह्वाट्स एपमा मेसेज गरेर यौन उत्पीडन गरेको आरोप छ । घटनाबारे एकजना महिलाले सामाजिक सञ्जाल ‘टिकटक’मा भिडियो बयान पोस्ट गरेपछि सो तथ्य बाहिरिएको थियो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
बरालले त्यसअघि पनि अन्य महिलाहरूलाई विभिन्न बहाना बनाएर यौन प्रस्ताव राख्ने र ठग्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ५ वर्षअघि म्युजिक भिडियो खेलेका बरालले सो भिडियो देखाएर महिला ग्राहकहरूलाई ‘मोडल बनाउँछु’ भन्ने गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘म्युजिक भिडियो देखाएर उनले ठगीधन्दा नै चलाएको भेटिएको छ ।’
ट्याक्सी चालक बराल इनड्राइभ प्लेटफर्ममा आबद्ध थिए । यौन उत्पीडनको आरोप लागेपछि उनको आबद्धता रद्द गरिएको इनड्राइभकी निर्देशक रिता पोखरेलले रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘हामीले ड्राइभरलाई हाम्रो प्लेटफर्मबाट हटाएका छौँ ।’
इनड्राइभमार्फत यात्रा गर्न खोज्नेहरूसँग उनले सुरुमै रकम लिएर ब्लकसमेत गर्ने गरेको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘कतिपय यात्रुसँग उनले १ हजारभन्दा माथिको भाडा रकम लिएर सम्पर्कविहीन हुने गरेको देखिन्छ ।’
अनलाइन आग्रह स्विकार्नासाथ उनले अनलाइनमार्फत रकम पठाइदिन आग्रह गर्ने र रकम आफ्नो खातामा आएपछि ब्लक गरेर सम्पर्कविहीन हुने गरेका थिए ।
मुग्लिन बजारबाट ‘सिटी टु सिटी राइड’ गर्न चाहने महिलालाई उनले ह्वाट्स एपमा मेसेज गरेर ‘बिचमा १ घण्टा कतै बसौँ’ भनेका थिए । उनले त्यसै गरी अरू महिलाहरूलाई पनि यौन प्रस्ताव राख्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘चालकले धेरैलाई जालमा पारेर यौन सम्पर्क समेत राखेको उनको मोबाइलमा भेटिएको म्यासेजबाट खुलेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते
-
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
-
खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ
-
सरकारले खोस्यो १३ जना स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
-
१० बजे १० समाचार : नेकपा बहुमतमा धर्मेन्द्रको नेतृत्वदेखि पद थप्ने होमवर्कमा एमालेसम्म