गजेन्द्रनारायण क्रान्तिकारी नेता : यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह क्रान्तिकारी नेता भएको बताएका छन् । तर उनको साथमा रहेका नेताहरू स्वार्थी रहेको यादवको भनाइ छ ।
गजेन्द्रनारायण सिंहको २४ औँ स्मृति दिवसको उपलक्ष्यमा गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले आयोजना गरेको "गजेन्द्रबाबुको चिन्तन र मधेशको भावी कार्यदिशा" विषयक अन्तरक्रिया कार्यक्रममा उनले गजेन्द्रबाबुले प्रजातन्त्रका लागि क्रान्ति गरेको भएपनि उनले आफ्नो टिम बनाउन नसकेको बताए ।
देशमा थुप्रै परिवर्तन भएको उल्लेख गर्दै यादवले त्यसका लागि गजेन्द्रनारायणले निकै सङ्घर्ष गरेको बताए । देशमा परिवर्तन भएपनि खस आर्यको शासन प्रणालीमा परिवर्तन नभएको बताउँदै यादवले भाषा, संस्कृतिमा कुनै परिवर्तन नआएको बताए । त्यस्तै, देशको ब्राह्मणवादी सोचमा पनि परिवर्तन नआएको उनले बताए ।
देशमा लोकतन्त्रका लागि प्रक्रिया सुरु भएपनि स्थापना नभएको बताउँदै उनले राजनीति प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए । अहिले यथास्थितिमा मधेसले आन्दोलन गरेपनि मुक्ति प्राप्त गर्न नसक्ने यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण
-
२० वर्ष पुराना ट्याक्सी जफत सुरु, शुक्रबार ट्राफिकले समात्यो दर्जनभन्दा बढी ट्याक्सी
-
देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछ : वर्षमान पुन
-
गुणाकर भट्ट गभर्नर हुन अयोग्य रहेको दाबीसहित सर्वोच्चमा पूरक निवेदन