गल्तीले विमानमै बिरालो छुटेपछि...

न्युजिल्याण्ड । न्युजिल्याण्डबाट एउटा अनौठो खबर आएको छ । एउटा सानो गल्तीका कारण बिरालो जेटमै छुट्यो । यो घटना यही महिनाको बिचतिरको हो ।
विमानभित्र छुटेकोले २४ घण्टाको अवधिमा बिरालोले तीन पटक न्युजिल्याण्ड र अस्ट्रेलिया बिच यात्रा गर्यो । कम्पनीले बिर्सिएर बिरालोलाई राखेको पिँजरा विमानको कार्गाे होल्डमा छाडेको थियो ।
बिरालो ८ वर्षको थियो । जनवरी १३ मा न्युजिल्याण्डको क्राइस्टचर्चबाट अस्ट्रेलियाको मेलबर्नमा रहेको नयाँ घरको साइड ट्रिपमा बिरालोलाई पठाइएको थियो ।
विमानस्थलमा बिरालोको मालिक मार्गाे नेस बिरालो विमानबाट ओर्लने प्रतीक्षा गरिरहेकी थिइन् । तर तीन घण्टा बितिसक्दा पनि मिटेन्सको अत्तोपत्तो लागेन । त्यसपछि बिरालोको खोजनीति हुन थाल्यो । ग्राउन्ड स्टाफले मिटेन्स अझै विमानभित्रै रहेको र न्युजिल्याण्ड फर्किएको जानकारी दिए । यात्रा लगभग साढे ७ घण्टा लामो थियो ।
यो कसरी भयो भनेर मिटेन्सको मालिक छक्क परिन् । भएको के रहेछ भने एयर न्युजिल्याण्डका पाइलटलाई उडानको क्रममा विमानभित्र बिरालो भएको जानकारी दिइएको थियो । बिरालोको यात्रा आरामदायक होस् भनेर उनले कार्गाे होल्डमा तताउने उपकरण पनि चलाइदिएका थिए ।
ह्वीलचेयरका कारण सामान ह्यान्डल गर्नेले कार्गोमा मिटेन्सको पिंजडा देख्न सकेनन् । अनि बिरालो विमान भित्रै छुट्यो । यो घटनापछि पनि बिरालो ठिकठाक भएको नेसले बताए । एयरलाइन्सले यस घटनाको लागि माफी मागेको छ र यस्तो समस्या दोहोरिन नदिन कदम चाल्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा