रणजीमा पनि फ्लप रोहित, १९ बलमात्र टिके

मुम्बई । रणजी ट्रफीमा फर्किएका रोहित शर्मा पुनः एकपटक असफल साबित भएका छन् । बिहीबार शरद पवार एकाडेमीमा जम्मु र कश्मिरविरुद्धको खेलमा रोहित सस्तोमा नै पभेलियन फर्किन बाध्य भएका हुन् ।
भारतको टेस्ट र एकदिवसीय कप्तान रहेका रोहित पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेका छन् । त्यसैले, च्याम्पियन्स ट्रफीअघि उनले रणजी ट्रफी खेल्ने भएपछि धेरैको नजर आजको खेलमा थियो ।
खेलमा मुम्बईमा कप्तान अजिंक्या रहाणेले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि उनी भारतीय राष्ट्रिय टोलीका अर्का ओपनर यशस्वी जैसवालसँग ब्याटिङ गर्न आए । तर, उनको इनिङ्स १९ बलभन्दा लामो टिक्न सकेन । उनी मात्र ३ रन बनाएर उमर नाजिरको बलमा पभिलियन फर्किन बाध्य भए ।
रोहितलाई टिममा अटाउन मुम्बईले स्टार खेलाडी आयुश मिहात्रेलाई हटाउन परेको थियो । उनले डेब्यु सिजनमा मुम्बईका लागि ९ इनिङ्समा ४५.३३ औसतले ४ सय ८ रन जोडेका थिए ।
अर्का ओपनर जैसवाल पनि चल्न सकेनन् । उनी पनि ८ बलमा ४ रन जोड्दै आउट हुन पुगे । मुम्बईले ३३.२ ओभरमा मात्र १२० रन बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल मजदुर किसान पार्टीको नयाँ नेतृत्व चयन आज
-
बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर
-
पुटिनले जस्तै गरी सोच्छन् ट्रम्प ?
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?