बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्यायौँ : उपप्रधानमन्त्री पौडेल

बिहीबार, १० माघ २०८१, १५ : ३५
बिहीबार, १० माघ २०८१

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको बताएका छन् । बिहीबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ६० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उपप्रधानमन्त्री पौडेलले समयको अभाव र काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्याइएको बताए । उनले मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको उल्लेख गर्दै अर्थतन्त्रका समस्याहरूलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोसिस गरिरहेको बताए । उनले समग्र अर्थतन्त्रलाई गतिशील, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीव्रताका साथ सरकार लागिरहेको बताए । 

उपप्रधानमन्त्री पौडेलले अहिलेको सरकारले कुनै औषत काम गरेर एउटा सरकारको सूचीमा अर्को एउटा सरकार भएर दिन बिताउने पक्षमा नरहेको बताए । उनले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरूको प्रभावकारी समाधान गर्ने पक्षमा सरकार रहेको बताए । आन्तरिक र बाह्य लगानी अभिवृद्धि गर्ने, उत्पादन, उत्पादकत्व वृद्धि गर्न अध्यादेश ल्याइएको उनले बताए । 

उपप्रधानमन्त्री पौडेलले भने, ‘हामीले हाम्रो मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको छ । हामीले अर्थतन्त्रका समस्याहरूलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोसिस गरिरहेका छौँ । क्रमशः यस दिशामा सफलता पनि प्राप्त गरेका छौँ ।’

उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा काम गर्न चाहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप