सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
बिहीबार, १० माघ २०८१, १५ : ०५

काठमाडौँ । सांसद कृष्णकुमार श्रेष्ठले सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले सिमेन्ट आयात गर्नुपर्ने बताएका हुन् ।
‘निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ भने आयात गर्नुपर्छ,’ उनले भने,‘क्लिङ्करमा ५० प्रतिशत भन्सार छ । त्यसलाई कम गरेर क्लिङ्कर आयात गर्नुपर्छ ।’
स्वदेशी उद्योग बन्द गरेर आयात गर्न उचित नभएकाले क्लिङ्कर आयात गर्दा बन्द भएका उद्योग सञ्चालन हुने उनको तर्क छ ।
उनले भने, ‘स्वदेशी उद्योगलाई बन्द गरेर विदेशी आयात गर्ने हाम्रो रहर होइन । क्लिङ्कर आयात गरेर सिमेन्ट उत्पादन गर्ने हो भने बन्द भएका अन्य उद्योग सञ्चालनमा आउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?
-
२ सय ८ जना प्रहरी नायव निरीक्षकमा बढुवा
-
राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
-
आईपीएल : पटेलको घातक बलिङ, १ सय ५४ रनमा समेटियो चेन्नई
-
गोरखा भूकम्पको १० वर्ष : बारपाकमा दीप प्रज्वलन (तस्बिरहरु)