सिमेन्टको मूल्यवृद्धिले जनतालाई भार पर्छ : अध्यक्ष सिंह

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सिमेन्ट उद्योगीले ६० प्रतिशत कटौती गरेर कार्टेलिङ गरिएको बताएका छन् । उनले बिहीबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा बोल्दै सो कुरा बताएका हुन् ।
‘होङ्शीको उत्पादन भएपछि कार्टेलिङ रोकिएको थियो । असारदेखि असोजसम्म ४००–५०० थियो । कार्तिकमा ६५० पुराउनुभयो,’ अध्यक्ष सिंहले भने, ‘३५–४० प्रतिशत उत्पादन हुँदै आएकोमा ६० प्रतिशत उत्पादन घटाउनुभयो । होङ्शी सिमेन्टलाई पनि सामेल गराएर कार्टेलिङ भएको छ ।’
सिमेन्टको मूल्य वृद्धिले निर्माण व्यवसायीलाई भन्दा उपभोक्तालाई प्रत्यक्ष असर परेको उनको भनाइ छ । ‘सिमेन्टको मूल्यवृद्धिको २६ अर्ब भार उपभोक्तालाई पर्छ । सिमेन्टको मूल्यवृद्धिले ८० लाखको घर बनाउने जनतालाई १५ लाख भार पर्छ,’ उनले भने, ‘यस अर्थमा सिमेन्टको मूल्यवृद्धि ले जनतालाई भार बढेको छ ।’
उद्योगीले १२ घण्टा लोडसेडिङ भएको भन्ने झुटा तथ्य दिएर मूल्य वृद्धि गरेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाकुरराम क्याम्पसको मतगणना राति १० बजेदेखि, कति ठाउँमा हुन्छ मतगणना ?
-
पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
-
इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो
-
राजा फर्काउन गठित समितिका सदस्यहरू को कस्ता ?
-
काभ्रेको गोरखनाथ वनमा लागेको डढेलो नियन्त्रण बाहिर
-
मकवानपुर क्याम्पसको मतगणना केही बेरमा हुने