नयाँ एआई फिचरको साथमा सामसङले ल्यायो ग्यालेक्सी एस२५

सोल । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले आफ्नो सामसुङ ग्यालेक्सी एस२५ सिरिज आधिकारिक रूपमा लन्च गरेको छ । यस सिरिजका फोनमा कम्पनीले नयाँ एआई फिचरहरू दिएको छ ।
यसले कामलाई सहज र सरल बनाउने र प्रयोगकर्ताहरूको अनुभव थप राम्रो बनाउने बताइएको छ । फोनमा गएको वर्ष आएको ‘सर्कल टु सर्च’को अपडेटेड संस्करण दिइएको छ । यसले अब स्क्रिनमा फोन नम्बर, इमेल र यूआरएल पहिचान गर्न सक्नेछ । फोनमा गुगलको एआई प्लेटफर्म जेमिनी पनि राखिएको छ । यसमा नेचुरल कमान्डको साथमा प्रयोगकर्ताहरूलाई इभेन्टको शेड्यूल बनाउन, फोटोको साथमा विशेष लोकेशन पठाउन सक्नेछन् ।
ग्यालेक्सी एस२५ मा अडियो इरेजर पनि लन्च गरिएको छ । जसको मद्दतले प्रयोगकर्ताहरूले पृष्ठभूमिमा सुनिरहेका आवाज हटाउन सक्ने छन् । अडियो इरेजरको मद्दतले प्रयोगकर्ताहरूले भिडियोबाट हावा चलिरहेको आवाज र हल्ला खल्ला आदि हटाउन सक्नेछन् । यस सिरिजका फोनमा प्रयोगकर्ताहरूले लक स्क्रिनमा नयाँ विकल्पहरू पनि पाउनेछन् । यसको मद्दतले प्रयोगकर्ताहरूले मोबाइल लक भएको बेला पनि स्क्रिनमा महत्त्वपूर्ण अपडेट र सूचनाहरू आदि हेर्न सक्नेछन् । जसले गर्दा प्रयोगकर्ताहरूको काम प्रभावित हुने छैन । यो सुविधा विशेष गरी कामकाजीहरूका लागि उपयोगी हुनेछ ।
कम्पनीले ग्यालेक्सी एस२५ सिरिजमा तीन थरी ह्यान्डसेट लन्च गरेको छ । यसमा सामसङ ग्यालेक्सी एस२५, सामसङ ग्यालेक्सी एस२५ प्लस र सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा रहेका छन् । यस सिरिजको सुरुवाती मूल्य ८०० अमेरिकी डलर रहेको छ । यी सबै फोन सात वर्षको सफ्टवेयर अपडेटसहित आएका छन् । सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा ६ दशमलव ९ इञ्चको क्यूएचडी प्लस डायनामिक एमोलेट टूएक्स डिस्प्ले जडान गरिएको छ । यसमा १२० हर्जको रिफ्रेश रेट छ । फोनमा स्न्यापड्र्यागक ८ एलाइट चिप राखिएको छ ।
सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा क्वाड क्यामेरा सेटअप लेन्स छ । यसको प्रायमरी क्यामेरा २०० मेगापिक्सेलको छ । यसबाहेक, फोनमा ५० एमपी अल्ट्रा–वाइड लेन्स प्रदान गरिएको छ । ५० मेगापिक्सेल १०एक्स टेलिफोटो क्यामेरा र १० मेगापिक्सेल लेन्स पनि यसमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त