रविको विरुद्ध मुद्दा : थुनछेक बहस जारी
बिहीबार, १० माघ २०८१, १३ : ५०

बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । अहिले सरकारी वकिलले बहस गरिरहेका छन् ।
बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल, सुनिल लामिछानेले बहस गरेका छन् । अहिले उच्च सरकारी वकिलको कार्यालय बुटवलका सोमकान्त भण्डारी, प्रकाश मरासिनी, रवि न्यौपानेले बहस गरिरहेका छन् । उनीहरूको बहस सकिएपछि पीडित तर्फबाट कानुनी व्यवसायीले बहस गर्नेछन् ।
त्यसपछि रविको पक्षका कानुन व्यवसायी बहस गर्नेछन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस सुरु भएको हो । यता रविको पक्षमा सुशील पन्तको नेतृत्वका बहस हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनुवाको पोसाकमा अदालतबाट हाँस्दै बाहिरिए दुर्गा प्रसाईं
-
भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो, तस्बिरमा हेर्नुहोस्
-
नबिल बैंक सम्मानित
-
महावीरको जीवनबाट सिक्दै सत्कर्ममा हिँडौँ : सतिशकुमार सिंह
-
वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने वातावरण बन्छ : अर्थमन्त्री
-
‘सञ्चालकहरूको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’