मधेसी दल छापामार शैलीमा एकजुट भए, छापामार शैलीमा टुक्रिए : अध्यक्ष त्रिपाठी
बिहीबार, १० माघ २०८१, १३ : ४६
काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयेश त्रिपाठीले सम्पूर्ण मधेस एक बनाउन एकीकृत हुनुपर्ने बताएका छन् । डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मधेसलाई दुई प्रदेश बनाउने सहमति भएको तर मधेसवादी दलका कारण मधेस ८ जिल्लामा सीमित भएको उनले बताए ।
छापामार शैलीमा भएको एकीकरण छापामार शैलीमा टुक्रिएको बताउँदै उनले प्रदेशमा चुनाव गराउने समयमा भूगोलमा बेइमान गरेका कारण आफू एकीकरणमा नगएको उनले बताए
बिहीबार गजेन्द्रनारायण सिंहको २४ औ स्मृति दिवसको उपलक्ष्यमा गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले आयोजना गरेको ‘गजेन्द्र बाबुको चिन्तन र मधेसको भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको मधेसको राजनीति जातका आधारबाट विभाजन भएको बताए ।
मधेसमा मोर्चा बनाउनका लागि दलहरूको बिचमा सहमति हुनु आवश्यक रहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२२ वर्षीय युवक : अनलाइन मार्फत ठगेर काठमाडौँमा घर, बैंकमा ४ करोड ब्यालेन्स
-
सभामुखले बोलाए प्रमुख दलका मुख्य सचेतकलाई छलफलमा
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
वर्षा कुँवरले जितिन् ‘मिसेस ब्युटी क्विन नेपाल २०२५’को ताज
-
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची