समाजवादी प्रेस संगठनमा विशेष महाधिवेशन माग
![समाजवादी प्रेस संगठनमा विशेष महाधिवेशन माग](https://npcdn.ratopati.com/media/news/samajbadi-press-sangathan_vo7s8drs9j.jpg)
काठमाडौँ । समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी र महासचिवले रामकुमार एलनले संगठन छाडेपछि विशेष महाधिवेशनको माग उठेको छ ।
माघ ६ गते नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न संगठनका पदाधिकारी, संस्थापक, सल्लाकार र उपलब्ध केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा केन्द्रीय सदस्य धनराज वास्तविकले आगामी असोजभित्र विशेष महाधिवेशन गरेर संगठनलाई एकजुट र मजबुत बनाउन माग गरेका हुन् ।
‘संगठन अहिले गम्भीर संकटको सामना गरिरहेको छ । वर्तमान केन्द्रीय पदाधिकारी टिमले यसको निकास दिनु पहिलो कर्तव्य हो’, वास्तविकले लिखित प्रस्ताव पेस गर्दै भनेका छन्, ‘संगठनका निर्वाचित अध्यक्ष र महासचिवले नै संगठन छोडिसकेको अवस्थामा हाम्रो संगठनलाई नयाँ ढङ्गले अगाडि लैजानका निम्ति नयाँ नेतृत्व चयन गर्न अनिवार्य हुन्छ । त्यसैले केन्द्रीय कमिटी बैठकले विशेष महाधिवेशनको मिति तय गर्नुपर्छ ।’
उनले आगामी २०८२ असोजभित्र विशेष महाधिवेशन सम्पन्न गर्न सकिएको खण्डमा राम्रो हुने प्रस्ताव गरेका छन् । हाल समाजवादी प्रेस संगठनको कार्यबहाक अध्यक्ष नवराज छतकुली र महासचिव प्रेम गौतम तोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सक्ने भए मलाई रोकेर देखाऊ’ : मस्कलाई कसले भने यस्तो ?
-
आँचल र खगेन्द्र जोडीको रूपमा देखिँदै
-
तिरुपति प्रसाद काण्डमा चार मुख्य अभियुक्त पक्राउ
-
स्टील र आल्मुनियममा ट्रम्पले लगाए २५ प्रतिशत अतिरिक्त कर
-
अखिल क्रान्तिकारीका अवकाशप्राप्त विद्यार्थी नेताहरूले पाए पार्टीको जिम्मेवारी, रावलले गरे अस्वीकार
-
नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न जरुरी छ : अख्तियार प्रमुख राई