बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

‘एक्टर : टेक वन’ को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले फिल्म खेल्न पाउने

बिहीबार, १० माघ २०८१, १२ : २९
बिहीबार, १० माघ २०८१

काठमाडौँ । माघ १६ गते रिलिज हुने फिल्म ‘एक्टरः टेक वन’ले ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । विजेतालाई ‘एक्टरः टेक वन’ को निर्माण कम्पनी अधृत फिल्स् प्रालिले निर्माण गर्ने आगामी फिल्ममा अभिनय अवसर दिने गरेर कन्टेस्ट घोषणा गरेको हो ।

कन्टेस्टमा विश्वभरका नेपालीले सहभागिता जनाउन सक्नेछन्, जसको लागि फिल्म ‘एक्टरः टेक वन’ को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा १ मिनेट लामो भिडियो बनाई आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुपर्ने हुन्छ । पोस्ट गर्दा यस फिल्मका ह्यान्डलहरू फेसबुक, इन्स्टाग्राम र टिकटकमा ट्याग वा मेन्सन गर्नुपर्ने तथा ह्यासट्यागमा लेख्नुपर्ने जनाइएको छ ।

कन्टेस्टमा सहभागीले नियमपूर्वक पोस्ट गरेका भिडियोलाई फिल्मको आन्तरिक सृजनात्मक टिमले मूल्याङ्कन गरी विजेता घोषणा गरिने बताइएको छ । यो कन्टेस्टको समयावधि फिल्म रिलिजको दोस्रो हप्ता (माघ ३०) गतेसम्म रहने छ । यस कन्टेस्टको लागि ‘एक्टरः टेक वन’ का कलाकार प्रदीप खड्काले विजेता घोषणा गर्नेछन् ।

निर्माण युनिटले कलाकार हुन चाहने नयाँ र प्रतिभावान् व्यक्तिलाई अवसर प्रदान गर्ने उद्देश्य कन्टेन्ट ल्याएको बताएको छ ।  राजन भुसालद्वारा निर्देशित फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मका निर्माता थमनकुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप