टिकटकमाथिको प्रतिबन्धबारे के भन्छन् ट्रम्प ?
वासिङ्टन डीसी । फक्स न्यूजका शन ह्यानिटीसँगको अन्तरवार्तामा टिकटकबारे सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको जवाफ अहिले चर्चामा छ । ‘मलाई लाग्छ टिकटक हाम्रो आसपास नै रहनेछ ।’
ट्रम्पले ह्यानिटीलाई भनेका थिए । ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि अमेरिकामा टिकटक प्रतिबन्धित गरिएको थियो । त्यहाँको सर्वोच्च अदालतले पनि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयलाई समर्थन गरेको थियो । प्रतिबन्ध लागू हुनुभन्दा १२ घण्टा अघि नै टिकटकले सेवा बन्द गरेको थियो । तर ट्रम्पले आश्वासन दिएपछि टिकटकले सेवा सुचारु गरेको थियो ।
शपथ ग्रहणको दिनमा ट्रम्पले एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर टिकटकलाई ७५ दिनको ‘ग्रेस’ अवधि दिएका छन् । तर यो अवधिमा टिकटकले आफूलाई गैर चिनियाँ क्रेतालाई बेचेन भने कानुनअनुसार प्रतिबन्धित हुने आदेशमा भनिएको छ । अन्तरवार्तामा ट्रम्पलाई यो एप मार्फत चिनियाँ सरकारले अमेरिकी नागरिकहरूको जासुसी गर्न सक्ने डरबारे सोधिएको थियो ।
‘तपाईंले चीनमा बनेको सबै कुराको लागि यो भन्न सक्नुहुन्छ । हामी चलाइरहेको टेलिफोनहरू पनि चीनमा बनेका छन् ।’ यसबारे ट्रम्पले भनेका थिए । टिकटक प्रयोगकर्ता प्रायः युवा रहेको पनि उनले बताएका थिए । ‘के युवाहरूको जासुसी गर्नु महत्त्वपूर्ण छ ?’ उनले उल्टै प्रश्न गरेका थिए ।
यसबारे ह्यानिटीले चाहिँ चीनले कसैको जासुसी गरोस् भन्ने नचाहेको बताएका थिए । ‘तर तिनीहरूले त तपाईँको टेलिफोन बनाउँछन्, तपाईँको कम्प्युटर पनि त बनाउँछन् । के यो चाहिँ ठुलो जोखिम होइन र ?’ ट्रम्पले सोधेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडी आयात ६२ प्रतिशतले वृद्धि, कारण के ?
-
सुदूरपश्चिम प्रदेशसभा : प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पारित
-
ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव धरौटीमा रिहा
-
देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष राउत
-
कर्णालीका सांसदको प्रश्न : मन्त्रीले कुन ऐनमा टेकेर परिषद्को जिम्मेवारी दिनुभयो ?
-
मधेसको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै युवाहरुद्वारा मुख्यमन्त्रीको पुत्ला दहन