ट्रम्प समर्थित एआई परियोजनामाथि मस्कले उठाए प्रश्न

वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले भर्खरै पदभार ग्रहण गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेका ५ खर्ब डलर बराबरको एआई परियोजनामाथि प्रश्न उठाएका छन् । उक्त परियोजनालाई उपलब्ध गराइने भनिएको पैसा वास्तवमा हुँदै नभएको मस्कको भनाई छ ।
ह्वाइट हाउसमा आफ्नो पहिलो दिनमा ट्रम्पले मंगलबार जापानी कम्पनी सफ्टबैंक र च्याट जीपीटीको निर्माता ओपनएआई समेतको नेतृत्वमा कृत्रिम बौद्धिकताका लागि पूर्वाधार बनाउन ठुलै रकम लगानी गर्ने घोषणा गरेका थिए । यो भेञ्चरलाई ट्रम्पले स्टारगेट भनेका थिए । यस परियोजनामा आमेरिकमा कम्तीमा पनि ५ खर्ब डलर लगानी हुने र यसले १ लाख रोजगारी सृजना गर्ने उनको भनाइ थियो ।
तर यस परियोजनालाई लिएर मस्क र र ओपनएआईका सीईओ साम अल्टम्यानबीच माइक्रो ब्लगिङ वेबसाइट एक्समा वाकयुद्ध छेडिएको छ । मस्कले पैसा छैन भनेपछि अल्टम्यानले ‘गलत, तिमीलाई यसबारे पक्कै थाहा छैन । काम भइरहेको पहिलो साइटमा घुम्न चाहन्छौँ ?’भनेर प्रश्न गरेका थिए ।
अमेरिकाको राष्ट्रपति निर्वाचनमा मस्कले ट्रम्पको समर्थन गर्न थालेयता यी दुई जना हरेक मुद्दामा एकमत जस्तै देखिएका थिए । ट्रम्पको चुनावी अभियानमा मस्कले २७ करोड डलर खर्चेका थिए । स्टारगेटको विषयमा भने मस्क र ट्रम्प विभाजित देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान