माघ महिनाभर बाथरोगको निःशुल्क परीक्षण
बिहीबार, १० माघ २०८१, १० : ३९

काठमाडौँ । माघ महिनाभर बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै छ । काठमाडौँको रातोपुलस्थित रहेको नेशनल बाथरोग सेन्टरले महिनाभर निःशुल्क बाथरोग सम्बन्धी स्वास्थ्य परीक्षण गर्ने भएकाे छ ।
यस परीक्षणमा सीआरपी, इएसआर, युरिक एसिड र सुगर निःशुल्क परीक्षण गरिने सेन्टरले जनाएको छ । सेन्टरकी बाथ रोग विशेषज्ञ डा. श्वेता नकर्मीका अनुसार बाथरोगको समयमै परीक्षण नगरेमा यसले दीर्घकालीन असर पुर्याउन सक्छ ।
हड्डीको संरचना बिग्रिनु, चल्न नसक्नु, दैनिक जीवनमा कठिनाइ हुने जस्ता समस्या हुन सक्ने बताइन् । समयमा पहिचानका लागि परीक्षण आवश्यक रहेको सुनाइन् । ढाड, घुँडा वा अन्य जोर्नी दुख्ने, बिहान उठ्दा जोर्नी अकडिने वा चलाउन गाह्रो हुने, हातखुट्टा सुन्निने वा कमजोर महसुस हुने लक्षण भएमा परीक्षण गराउन आवश्यक हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
त्रिवि क्रिकेट मैदान : २५ हजार दर्शक क्षमताको प्यारापिट बन्दै
-
इष्टरमा युद्धविरामको घोषणा गरेको रुसले रोकेन हमला
-
राप्रपाका नेताहरूलाई ज्ञानेन्द्रले भने– पुलिसलाई गुलाफको फूल दिनू !
-
९ महिनामा १४ खर्बको व्यापार हुँदा व्यापार घाटा ११ खर्ब नाघ्यो
-
नयाँ गीत ‘यूके लान्छु’ मा सचिन र गरिमाको रोमान्स