‘परान’बाट फिल्म निर्माणमा होमिँदै गोल्छा समूह
काठमाडौँ । फिल्म ‘परान’ निर्माण घोषणा भएको छ । काठमाडौँमा एक कार्यक्रमका बिच ‘परान’ निर्माण घोषणा गरिएको हो । प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाइजिङ’ प्रमुखको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले फिल्म निर्माण घोषणा गरेको छ ।
हास्य टेलिशृंखला ‘सक्किगोनी’का ‘काकु’ पात्र निर्वाह गर्दै आएका दीपक आचार्यले निर्देशन गर्ने फिल्ममा नीर शाह, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिकामा अभिनय रहने छ। आचार्य यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
बालकलाकारका रूपमा निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्यसमेतको अभिनय रहेन फिल्म फाल्गुनको पहिलो साताबाट फ्लोरमा निस्किने बताइन्छ । फिल्मको छायाङ्कन काठमाडौँ तथा धनकुटामा हुनेछ ।
कार्यक्रममा बोल्दै शेखर गोल्छाले फिल्म निर्माण गर्नुको कारण नेपालीपन र संस्कृतिको समृद्धिका लागि रहेको बताए । ‘म उद्योग वाणिज्य महासङ्घको अध्यक्ष हुँदा विभिन्न महोत्सवहरूमा जाने गर्थेँ। त्यहाँ हाम्रो नेपाली मौलिकता डाइल्यूट हुने गरी कार्यक्रमहरू हुन्थे। र मैले जहिले पनि आयोजकहरूलाई हाम्रो मौलिकता नै डाइल्यूट हुने गरी कार्यक्रम गर्ने हो भने मलाई चाहिँ नबोलाइदिनुहोस््। म आउँदिनँ, किनभने प्रमुख अतिथिका रूपमा मलाई बोलाइन्थ्यो,’ शेखरले भने, ‘हाम्रो मुभीमा पनि हाम्रो मौलिकता हराएको जस्तो लाग्छ। त्यो मौलिकता आउनुपर्छ। हामीले अरूको संस्कृतिलाई त्यसरी नै नक्कल गर्ने हो भने हाम्रो मौलिकता रहन्छ जस्तो लाग्दैन।’ फिल्म मार्फत एउटा कर्पोरेट कल्चर पनि आओस् भनेर निर्माणमा हात बढाएका उनले सुनाए ।
त्यसैगरी, रञ्जित आचार्यले सन् २०१८ मै फिल्ममा आउने योजनासहित कम्पनी खडा गरे पनि तयारीका दौरान नै कोभिड महामारीका कारण काम सुरु गर्न नसकिएको बताउँदै, उपरान्त नेपालीपन बोकेको फिल्म बनाउने बताए ।
‘हामीले फिल्म निर्माण गर्ने भनेर २०१७ मै कम्पनी खडा गरेका थियौँ । तर २०२४ मा प्रोजेक्ट अघि बढेको छ । अब निरन्तर नेपालीपन बोकेको फिल्म बनाउने छौँ,’ आचार्यले भने।
कार्यक्रममा महानायक राजेश हमाल, वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्य, कलाकार दीपाश्री निरौला, निशा अधिकारी, दिनेश डिसी, अशोक शर्मा, कृष्ण मल्लको साथमा सौरभ ज्योति, गोल्डस्टार जुत्ताका उत्पादक किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणा लगायतको उपस्थिति थियो।
बाइस्कोप सिनेमा प्रस्तुति भन्दै बन्न लागेको फिल्मलाई शिवराम श्रेष्ठले छायाङ्कन गर्नेछन् भने मित्र देव गुरुङको संगीत तथा सुप्रिम पराजुलीको रंग संयोजन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्ट महँगो भएर निर्माण कार्य गर्नै नसक्ने अवस्था आएको छ : सांसद श्रेष्ठ
-
रावलको पक्षमा लाग्ने अछामका ६ जना एमाले नेताको जिम्मेवारी खोसियो
-
गृहमन्त्री लेखक र एडीबी निर्देशकबिच भेटवार्ता
-
गजेन्द्रनारायण सिंहको विचार र कार्यदिशा अहिले कसले बोकेको छ ?
-
पुष्पक एक्सप्रेस दुर्घटना : मृतकका परिवारलाई डेढ लाख सहायता
-
त्रिवि शिक्षा शास्त्रका डीनले सरकारी गाडी दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी