फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही

वासिङ्टन डीसी । अमेरिकामा भर्खरै कार्यभार सम्हालेका राष्ट्रपति डोनाल्ड ट्रम्प फूल एक्सनमा देखिएका छन् । ह्वाइट हाउस छिरेको तेस्रो दिनमै मेसिक्सकोतर्फको दक्षिणी सीमामा उनले १ हजार ५०० सिपाही पठाएका छन् ।
चपर र विमानहरूको साथमा ट्रम्पले सीमामा सेनाका हजार सिपाही र ५०० जना नौसेनाका सिपाही पठाएका हुन् । यिनीहरूलाई क्यालिफोनिर्याको सान डिएगो र टेक्ससको एल पासोमा खटाइनेछ । यिनीहरूले सीमामा पर्खाल र अन्य मिशनमा काम गर्ने बताइएको छ । तर यिनीहरू कानुन कार्यान्वयनमा भने संलग्न नहुने अधिकारीहरूले बताएका छन् ।
सीमामा सेनाले दुई थान सी–१७ र दुई थान सी १३० विमान प्रयोग गर्नेछन् । यसबाहेक केही थान हेलिकप्टर पनि छन् । अमेरिकामा गैरकानूनी रूपमा बसिरहेको ठानिएका ५ हजार भन्दा धेरैलाई देश निकाला गर्न डिपोर्टेशन फ्लाइटमा सघाउन सेनाले एयरलिफ्ट गर्ने कार्यवाहक रक्षा मन्त्री रोबर्ट सेल्सेजले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु