सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग रुपन्देही जिल्ला अदालतमा आजदेखि थुनछेक बहस हुने भएको छ । बुधवार सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अदालतमा उपस्थित भएका लामिछानेलाई बयानपछि आज १० बजे अदालत उपस्थित गराउने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लाएको थियो ।
न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा आज थुनछेक बहस हुने श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । थुनछेक बहसमा जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सहायक न्यायधिवक्ताहरु गोकर्णराज घिमिरे, वसन्त पोख्रेल, लगायतले बहस गर्ने छन् । यस्तै जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीले पनि बहस गर्ने तयारी गरेका छन् ।
प्रतिवादी लामिछानेका तर्फबाट नारायणदत्त कँडेल र सुशील पन्तको नेतृत्वका बहस हुनेछ । उनीहरूसँगै काठमाडौँ र पोखरा बहस गरेका धेरै कानुन व्यवसायीहरूले बहस गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राज घिमिरेले रातोपाटीलाई बताए ।
माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा सुरुमा ४२ जना विरुद्ध मुद्दा परेको थियो । त्यसमध्ये पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने, पूर्व डिआइजी छविलाल जोशी,सहकारीका संरक्षक गितेन्द्रबाबु (जिवी) राई सहितका २२ जना विरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो । ती २२ जनाबाट समुहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठकमा सांसदहरू : एमसीसी र यूएसएआईडी रोकिँदा अर्थतन्त्रमा वार्षिक २० अर्बले असर पर्छ
-
बाँकेमा डढेलो नियन्त्रणका लागि गरियो पूर्वतयारी
-
प्रधानमन्त्री रोजगार कार्यक्रमः स्थानीय तहबाट निवेदन माग
-
राष्ट्रियसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश’ स्वीकृत
-
रुसले गरेको आक्रमणमा चारको मृत्यु, अमेरिकी र बेलायती स्वयंसेवक भाग्यले बाँचे
-
संसद्मा ऊर्जामन्त्रीले भने– ‘कुलमान कानुनभन्दा माथि हो भने संसद्ले भनिदिनुपर्यो ’