बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो

बिहीबार, १० माघ २०८१, ०८ : ०३
बिहीबार, १० माघ २०८१

वासिङ्टन डीसी ।  अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि डढेलो दन्किएको छ । अधिकारीहरूले हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । अहिले आगलागी भएको क्षेत्र सहरबाट ४५ माइल टाढा छ ।

कास्टेइक ताल नजिकैको पहाडी क्षेत्रमा अहिले डढेलो लागेको हो । यसको नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन्, जसमा अहिलेसम्म कुनै क्षति भने भएको छैन। 

डढेलो ८ हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिसकेको छ । तीव्र गतिमा चलिरहेको हावा र सुकेका झाडीहरूले गर्दा डढेलो झन् झन् फैलिरहेको बताइएको छ । आसपासका क्षेत्रका करिब १९ हजार बासिन्दाहरू उक्त क्षेत्र छोड्न बाध्य भएको बताइएको छ । 

क्यालिफोर्निया राज्यका अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । लस एञ्जलसमा डढेलो सुरु भएको एक हप्ताभन्दा बढी भइसकेको बताइएको छ । यसमा परेर हजारौँ घर ध्वस्त भएका छन् भने २५ जनाको मृत्यु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप