राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै
बिहीबार, १० माघ २०८१, ०७ : ५०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते काठमाडाैँमा बस्दै छ । बैठक धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बिहान ११ः०० बजेदेखि शुरु हुनेछ ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुनेछ।
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरूमाथि छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। बैठक आज दिउँसो १ः ०० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन