पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ।
कोशी प्रदेश– आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
मधेस प्रदेश– बिहान धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ । दिउसो तथा राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
बागमती प्रदेश– मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
गण्डकी प्रदेश– हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेश– पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
कर्णाली प्रदेश–हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश– हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तराईका धेरै स्थानहरूमा हुस्सुको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकहरूद्वारा पुनः आन्दोलनको चेतावनी
-
लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी छ : अर्थमन्त्री पौडेल
-
गुजरातको पटका कारखाना भएको विस्फोटमा मर्नेको संख्या १८ पुग्यो
-
कुलमान र हितेन्द्रको रिटमाथि सुनुवाइ जारी, ३४ मुद्दा 'हेर्न नभ्याइने'मा पठाइयो
-
सहकारी ठगीमा पक्राउ पुर्जीपछि फरार सांसदको बिदा संसदबाट स्वीकृत
-
राजाकै कारण हिन्दु सनातनी कमजोर