म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा
बिहीबार, १० माघ २०८१, ०५ : ३०

काठमाडौं । इंग्लिश क्लब म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा परेको छ । बुधबार राती भएको लिग चरणको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग ४-२ ले पराजित भएसँगै म्यान्सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा परेको हो ।
यो हारले पेप ग्वार्डिवलाको टोलीका सम्पूर्ण कमजोरीहरु एकै साथ बाहिरिएको टिप्पणी हुन थालेको छ । म्यान्सिटीका लागि ज्याक ग्रिलिश र एर्लिङ हालाण्डले मात्रै गोल गर्न सके ।
पीएसजीका लागि ओस्मान डेम्बले, ब्राडली बारकोला, जोआओ नेवेस र गुनसालो रामोसले गोल गरे । खेलपछि ग्वार्डिवलाले भने, ‘उनीहरु बलिया थिए । हामीले स्वीकार्नुपर्छ । अब हामीसँग ब्रुग्सविरुद्ध घरेलु मैदानमा अन्तिम मौका छ । हामी त्यहाँ सबै प्रयास गर्ने छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च
-
वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा
-
आज मगर एकता दिवस, कुन-कुन पालिकाले दिए सार्वजनिक बिदा ?
-
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
-
हमासले गाजामा रेडक्रसलाई सुम्पियो चार इजरायली बन्धकको शव
-
पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?