बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म

बिहीबार, १० माघ २०८१, ०१ : ०५
बिहीबार, १० माघ २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 
अखिल क्रान्तिकारी  निर्वाचन  
 अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय पदाधिकारीहरूको मनोनयन दर्ता सम्पन्न भई उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ । बुधवार राति केन्द्रीय निर्वाचन समितिको कार्यालयले सो सङ्गठनका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको हो ।

मधेसमा पर्यटन
मधेस प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका नाममा मठ–मन्दिर, गुम्बा, मस्जिद, कब्रिस्तान, मसानघाट लगायतका भौतिक संरचना निर्माणलाई महत्त्व दिँदै आएको छ । जबकि, प्रदेशमा मासिक वा वार्षिक रूपमा कति पर्यटक आए, तिनबाट प्रदेशलाई कति आम्दानी भयो भन्नेबारे प्रदेश सरकार बेखबर देखिएको छ ।

सशस्त्र प्रहरीको २४ औँ वार्षिकोत्सव
शस्त्र प्रहरी बलले आफ्नो २४ औँ वार्षिकोत्सव मनाएको छ । बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा २४ औँ वार्षिकोत्सव मनाइएको हो ।  सशस्त्र प्रहरीद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत  हल्चोकमा सशस्त्र प्रहरी विशेष दलले ड्रिल, सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

सूर्यविनायक–धुलिखेल सडक
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक ६ लेनमा विस्तार गर्न थालिएको दुई वर्ष बितिसक्दा पनि जम्मा ३५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । यो सडकखण्ड विस्तार तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो ।

पौडेल र सेयर बजार
बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम र सस्ता ब्याजदर हुँदा सेयर बजार उचालिने विगतको अनुभव थियो । तर अहिले यो दुवै अवस्था हुँदासमेत नेप्सेमा लगानीकर्ताको आकर्षण खासै देखिएको छैन । 

 विद्यार्थी राजनीति
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को २३ औँ सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदैछ ।  निर्वाचन नजिकिएसँगै नेताहरूको दौडधुप तीव्र बनेको छ । उमेर हद लागु भएका कारण पुराना गुट भत्किएपनि नयाँलाई स्थापित गराउन पार्टीका नेताहरूको दौडधुप बढेको क्रान्तिकारीका नेताहरूको भनाइ छ ।

लेखा समिति बैठक
निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले नेपालका सिमेन्ट व्यवसायीहरूले भारतमा सस्तो मूल्यमा सिमेन्ट निर्यात गरेर नेपालमा भने महँगो मूल्य असुल गरेको आरोप लगाएका छन् ।  सिंहले माघ ६ गते सिमेन्ट र फलामे छडको मूल्यवृद्धिबारे सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए । सोही उजुरीअनुसार बुधबार समितिमा सिमेन्टको मूल्यवृद्धिको विषयमा सिमेन्ट उद्योगी र निर्माण व्यवसायीसहित सांसदहरूले छलफल गरेका हुन् । 

सहकारी ठगी प्रकरण
रुपन्देही  जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ । बुधवार अदालतले जिल्ला  प्रहरी कार्यालय  रुपन्देहीमा राख्न नपर्ने आदेश दिएको हो । 

 वामदेवलाई तत्काल पार्टीमा नल्याउने
 वामदेव गौतम नेकपा एमालेमा फर्कने ‘च्याप्टर’ तत्कालका लागि बन्द भएको छ । एमालेले उनलाई पार्टीमा भित्र्याउनेबारे ठोस निर्णय नगर्दा अलमल बढेको हो ।

प्रचण्डको योजना स्थगित
मधेस प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका नाममा मठ–मन्दिर, गुम्बा, मस्जिद, कब्रिस्तान, मसानघाट लगायतका भौतिक संरचना निर्माणलाई महत्त्व दिँदै आएको छ । जबकि, प्रदेशमा मासिक वा वार्षिक रूपमा कति पर्यटक आए, तिनबाट प्रदेशलाई कति आम्दानी भयो भन्नेबारे प्रदेश सरकार बेखबर देखिएको छ ।

पेप्सीको नक्कली भ्याट बिल प्रकरण
नेपालमा पेप्सी, माउन्टेन ड्यू, मिरिण्डा, स्लाइस लगायतका पेय पदार्थको आधिकारिक उत्पादक तथा बिक्रेता बरुण वेभरेज ९नेपाल० प्रालिले कर छलेको विषयमा उच्च अदालत पाटनले गरेको फैसला त्रुटिपूर्ण भएको दाबी गर्र्दै सरकार सर्वोच्च अदालत पुगेको छ ।

 कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने

कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन् । बुधवार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत जवान वकिल विष्टले आफैँमाथि गोली चलाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप