बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल

बुधबार, ०९ माघ २०८१, २२ : ०५
बुधबार, ०९ माघ २०८१

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र एसियाली विकास बैङ्क (एडीबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाबिच इन्टीग्रेटर खानेपानी आयोजना (एकीकृत खानेपानी तथा सरसफाइ परियोजना) कार्यान्वयन मोड़ालिटी तयारीसम्बन्धी छलफल भएको छ । 

बुधवार भएको छलफलमा आयोजना कार्यान्वयन मोडालिटी, सुधारिएको सहरी खानेपानी मोडल, र सुधारिएको क्षेत्रीय सहरी विकास परियोजना (आरयूडीपी) मोडललाई प्राथमिकताका साथ अघि बढाउने विषयमा कुराकानी भएको छ ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार, यी परियोजनाका विषयमा दुई वर्षदेखि विषय उठान भए पनि बुधवार मन्त्रालयका अधिकारीहरू र एडिबी प्रतिनिधिहरूबिच विस्तृत छलफल भएको हो ।

छलफलमा एडिबीका निर्देशक आर्नो कोस्वाले नेपालमा खानेपानी लगायतका क्षेत्रमा एडीबीको दीर्घकालीन लगानी र सफलताका उदाहरणहरू प्रस्तुत गर्दै नयाँ परियोजना शीघ्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 ‘नयाँ खानेपानी परियोजना लागू गर्न एडीबी पूर्ण रूपमा प्रतिबद्ध छ र यसले नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ’, आर्नो कोस्वाको भनाइ छ  ।

त्यसक्रममा मन्त्री यादवले एडिबीको ऋण सहयोगमा नेपालमा सञ्चालित सडक, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता परियोजनाहरूले नागरिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताए ।

‘एडीबीको परियोजनाप्रति नेपाली नागरिक सन्तुष्ट छन् । एडीबीको लगानी सफल होस् र खानेपानीको आयोजना समयमा सम्पन्न होस् भन्ने सरकारको मुख्य प्राथमिकता हो,’ मन्त्री यादवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप