भोलिदेखि ‘मेक इन नेपाल एक्स्पो’ आयोजना हुँदै
काठमाडौँ । स्वदेशी उत्पादन तथा सेवाहरुको प्रवद्र्धन र व्यापार गर्ने उद्देश्यले वृहत् प्रदर्शनी आयोजना हुने भएको छ । भोलि माघ १० गतेदेखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सो मेला आयोजना हुन लागेको हो ।
मेलामा स्वदेशी उत्पादन र सेवाका साथै पश्मिना इन्टरनेशनल एक्स्पोको पनि आयोजना हुँदैछ । यो मेलालाई नेपाल पश्मिना उद्योग संघले आयोजना गरेको हो । मेलामा १५० भन्दा बढी स्वदेशी स्टलहरु रहने नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए ।
मेलामा ४० भन्दा बढी शुद्ध नेपाली पश्मिनाका स्टलहरु, च्याङ्ग्रादेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पश्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारहरु रहने उनले बताए । मुस्ताङबाट च्याङ्ग्रा ल्याएर फाम टू फाइबर, फाइबर टू फेसन देखाउने उनको भनाइ छ । पश्मिना मेला नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । मेलामा ५० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) मेलाको सहआयोजकका रुपमा रहेको छ । मेलालाई नेपाल सरकार उद्योग तथा वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले प्रवद्र्धन गरेका छन् । मेलालाई राइजिङ नेपाल र इभेन्ट सन्सारले व्यवस्थापन गर्ने मेला व्यवस्थापक पशुपति केसीले जानकारी दिए ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली पश्मिना पुरानो र नेपाली सीपमा आधारित भए पनि प्रचारप्रसार र व्यापार हुन नसकिरहेकोले यसको प्रवद्र्धन गर्नुपर्छ भनेर नै केन्द्रले मेलामा चासो राखेको बताए ।
स्वदेशी उद्योगलाई बचाउने प्रवर्द्धन गर्ने लक्ष्यमा यो मेलाले सहयोग गर्ने नेपाल उद्योग परिसंघका महानिर्देशक डा.घनश्याम ओझाको भनाइ छ । स्वदेशी उत्पादन र उद्योगलाई प्रोत्साहन गर्नुपर्न यो मेलाले सहयोग गर्ने उनले बताए ।
मेलाको सम्पूर्ण तयारी पुरा भइसकेको र माघ १० गते बिहान ९ः३० बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको व्यवस्थापक केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ