१० बजे १० समाचार : ‘होल्ड’ मा परे वामदेव र पासाङ, रविलाई राहत
आज २०८१ माघ ९ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- मधेसमा पर्यटन
मधेस प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका नाममा मठ–मन्दिर, गुम्बा, मस्जिद, कब्रिस्तान, मसानघाट लगायतका भौतिक संरचना निर्माणलाई महत्त्व दिँदै आएको छ । जबकि, प्रदेशमा मासिक वा वार्षिक रूपमा कति पर्यटक आए, तिनबाट प्रदेशलाई कति आम्दानी भयो भन्नेबारे प्रदेश सरकार बेखबर देखिएको छ ।
- सशस्त्र प्रहरीकाे २४ औँ वार्षिकोत्सव
शस्त्र प्रहरी बलले आफ्नो २४ औँ वार्षिकोत्सव मनाएको छ । बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा २४ औँ वार्षिकोत्सव मनाइएको हो । सशस्त्र प्रहरीद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हल्चोकमा सशस्त्र प्रहरी विशेष दलले ड्रिल, सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।
- सूर्यविनायक–धुलिखेल सडक
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक ६ लेनमा विस्तार गर्न थालिएको दुई वर्ष बितिसक्दा पनि जम्मा ३५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । यो सडकखण्ड विस्तार तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो ।
- पौडेल र सेयर बजार
बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम र सस्ता ब्याजदर हुँदा सेयर बजार उचालिने विगतको अनुभव थियो । तर अहिले यो दुवै अवस्था हुँदासमेत नेप्सेमा लगानीकर्ताको आकर्षण खासै देखिएको छैन ।
- विद्यार्थी राजनीति
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु(क्रान्तिकारी)को २३ औँ सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदैछ । निर्वाचन नजिकिएसँगै नेताहरूको दौडधुप तीव्र बनेको छ । उमेर हद लागु भएका कारण पुराना गुट भत्किएपनि नयाँलाई स्थापित गराउन पार्टीका नेताहरूको दौडधुप बढेको क्रान्तिकारीका नेताहरूको भनाइ छ ।
- लेखा समिति बैठक
निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले नेपालका सिमेन्ट व्यवसायीहरूले भारतमा सस्तो मूल्यमा सिमेन्ट निर्यात गरेर नेपालमा भने महँगो मूल्य असुल गरेको आरोप लगाएका छन् । सिंहले माघ ६ गते सिमेन्ट र फलामे छडको मूल्यवृद्धिबारे सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए । सोही उजुरीअनुसार बुधबार समितिमा सिमेन्टको मूल्यवृद्धिको विषयमा सिमेन्ट उद्योगी र निर्माण व्यवसायीसहित सांसदहरूले छलफल गरेका हुन् ।
- सहकारी ठगी प्रकरण
रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ । बुधवार अदालतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राख्न नपर्ने आदेश दिएको हो ।
- वामदेवलाई तत्काल पार्टीमा नल्याउने
वामदेव गौतम नेकपा एमालेमा फर्कने ‘च्याप्टर’ तत्कालका लागि बन्द भएको छ । एमालेले उनलाई पार्टीमा भित्र्याउनेबारे ठोस निर्णय नगर्दा अलमल बढेको हो ।
- प्रचण्डको योजना स्थगित
मधेस प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका नाममा मठ–मन्दिर, गुम्बा, मस्जिद, कब्रिस्तान, मसानघाट लगायतका भौतिक संरचना निर्माणलाई महत्त्व दिँदै आएको छ । जबकि, प्रदेशमा मासिक वा वार्षिक रूपमा कति पर्यटक आए, तिनबाट प्रदेशलाई कति आम्दानी भयो भन्नेबारे प्रदेश सरकार बेखबर देखिएको छ ।
- पेप्सीको नक्कली भ्याट बिल प्रकरण
नेपालमा पेप्सी, माउन्टेन ड्यू, मिरिण्डा, स्लाइस लगायतका पेय पदार्थको आधिकारिक उत्पादक तथा बिक्रेता बरुण वेभरेज (नेपाल) प्रालिले कर छलेको विषयमा उच्च अदालत पाटनले गरेको फैसला त्रुटिपूर्ण भएको दाबी गर्र्दै सरकार सर्वोच्च अदालत पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति