बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो

बुधबार, ०९ माघ २०८१, २१ : ०४
बुधबार, ०९ माघ २०८१

नयाँ दिल्ली । महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यो कुराको पुष्टि गरेका हुन् । 

पीआरओका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको यो रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा थियो । यात्रुहरू सवार एउटा आगो लागेको आशंका गरिएको थियो । त्यसैले यात्रीहरू ट्र्याकको अर्कोतिर हाम फाले । त्यही समयमा  सोही ट्र्याक भएर गइरहेको कर्नाटक एक्सप्रेसमा  केही मानिसहरू ठोक्किएर मृत्यु भएको बताइएको छ । 

अन्य कयौँ घाइते भएका छन् । कर्नाटक एक्सप्रेस मनमाडबाट भुसावल जाँदै थियो । घटनामा १२ जना घाइते भएका छन र उनीहरूको पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यस घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

घटनास्थलमा आठवटा एम्बुलेन्स पठाइएको मुख्यमन्त्रीले बताए।  घाइतेहरूको उपचारका लागि नजिकैका निजी अस्पतालहरूलाई पनि सतर्क राखिएको भनिएको  छ । हामी सम्पूर्ण घटनाको निगरानी भइरहेको र तुरुन्तै सबै आवश्यक सहयोग उपलब्ध गराइरहेको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप