अर्शदीप सिंहले रचे इतिहास

कोलकाता । भारत र इंग्ल्याण्डबिचको ५ खेलको टी–२० सिरिजको पहिलो खेल बुधबार कोलकाताको इडेन गार्डेनमा खेलिँदैछ । भारतीय कप्तान सूर्यकुमार यादवले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।
तीव्र गतिका बलर अर्शदीप सिंहले यो खेलमा इतिहास रचेका छन् । उनी टी–२० अन्तर्राष्ट्रियमा मा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले यस मामिलामा युजवेन्द्र चहललाई पछि छाडेका हुन् ।
इङ्ल्यान्डका ओपनिङ ब्याट्सम्यान फिल साल्टलाई पहिलो ओभरमा नै अर्शदीपले आउट गरे । यसपछि उनले आफ्नो दोस्रो ओभरमा बेन डकेटलाई निशाना बनाए। योसँगै उनी टी–२० ढाँचामा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी बने ।
उनले आफ्नो टी–२० करियरमा ९६ विकेट लिने स्पिन बलर युजभेन्द्र चहललाई पछि पारेका छन् । अर्शदीपको टी–२० मा ९७ विकेट पुगेको छ । अर्शदीप सिंहले ६१ खेलमा मात्रै यो उपलब्धि हासिल गरेका हुन् भने चहलले ९६ विकेट लिन ८० खेलको सहयोग लिनुपरेको थियो ।
भुवनेश्वर कुमार भारतका लागि टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै विकेट लिनेमा तेस्रो स्थानमा छन् । उनले ८७ खेलमा ९० ब्याट्सम्यानलाई आफ्नो सिकार बनाए। जसप्रित बुमराह ८९ विकेट लिएर चौथो स्थानमा छन् । उनले ७० खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।
पाँचौँ नम्बरमा हार्दिक पाण्डेय रहेका छन् । उनले ११० टी–२० खेलमा ८९ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सास्थित एक सरकारी विद्यालयका कयौँ विद्यार्थी अचानक भए बेहोस
-
सभामुखका सुरक्षाकर्मीको सवारी दुर्घटनामा मृत्यु
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी