बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा

बुधबार, ०९ माघ २०८१, १९ : १७
बुधबार, ०९ माघ २०८१

जनकपुर ।  सप्तरी प्रहरीले ठगी मुद्दाका एक जना भियुक्तलाई छाडेको आरोप लागेको छ । बुधबार विहान पक्राउ परेका ठगी मुद्दाको अभियुक्तलाई १० घण्टा नबित्दैले प्रहरीले साँझ छाडेको हो ।

‘फेन्ट’ भएको कारण देखाउँदै प्रहरीले ठगी मुद्दाका अभियुक्त बैद्यनाथ यादवलाई छाडेको पीडितहरूको आरोप छ । सप्तरी प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले भने यादवको स्वास्थ्यमा समस्या आएको कारणले रिहा गरेको दाबी गरे ।  उनका अनुसार यादवको स्वास्थ्यमा समस्या आएको थियो, त्यसपछि उनलाई अस्पताल लगिएको थियो । 

उनले भने, ‘यहाँको अस्पतालले थप उपचारको लागि भन्यो, त्यसपछि हामीले त्यही अनुसार उपचारको लागि जिम्माजमानी छाडेका हौं । उपचारपछि पुनः हाजिर हुने शर्तमा रिहा गरिएको हो ।’ 

जिम्माजमानी अभियुक्तलाई छाड्न सकिने कानुनी व्यवस्था अनुसार यादवलाई छाडिएको डिएसपी बस्नेतको दाबी छ । उनले यादवलाई रिहा गर्न कसैको दबाब नरहेको दाबी समेत गरे । 

सप्तरी जिल्लामा सर्वसाधारणको रकम लिएर लिएर पैसा छाप्ने मेसिनबाट ‘डबल’ गरिदिने भन्दै ठगी गरेको आरोपमा पत्रकार समेत रहेका यादव र रामहादुर भन्ने हनुमानी रजक पक्राउ परेका हुन् । 

यादवमाथि ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता रहेको सप्तरी प्रहरी प्रवक्ता  बस्नेतले बताए । 

यादव र  हनुमानीविरुद्ध १३ वटा जाहेरी परेको प्रहरी प्रवक्ता बस्नेतले जनाएका छन् । अहिलेसम्म यो समूहले करिब अढाइ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप