सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा

पोखरा । सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन निरज तामाङ दुई स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा रहेका छन्।
पोखराको हिमालयन गल्फ कोर्समा ४-अन्डर ६५ कोस्कोरमा निरजले पहिलो दिन युवराज भुजेल र भुवन कुमाररोक्कालाई २ स्ट्रोकले पछि पारेका हुन्। २-अन्डर ६७ कोस्कोरमा युवराज र भुवन संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन्।
धन बहादुर थापा र सञ्जय लामाले १-अन्डर ६८ मा पहिलोदिनको खेल सकाए। उनीहरू संयुक्तरुपमा चौथो स्थानमा रहे। रामे मगर र जयराम श्रेष्ठले छेटौं स्थान बाँडे। उनीहरूले आज इभन-पार ६९ मा खेल सकाए । प्रदीप कुमार लामा रएमेच्योर सुन्दर राईले १-ओभर ७० मा खेल पुरा गर्दै संयुक्तरुपमा आठौं स्थानमा रहेका छन्। यस्तै, विष्णु प्रसादशर्मा र एमेच्योर सुरेश तामाङ १०औँ स्थानमा रहे। उनीहरुले२-ओभर ७१ खेले।
सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल ईस्टर्न ओपनजितेका निरजले पोखरामा पनि सुरूवात राम्रो गरे। उनले बोगी रहित फ्रन्ट नाइन खेले। तेस्रो र चौथो होलमा बर्डीप्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि १५औँ होलमा एक सट खेर फालेपनि १०औँ, १३औँ र १६औं होलको बर्डीले ब्याक नाइन २-अन्डर ३३ मा सकाए।
धरानका अर्का प्रो युवराजले फ्रन्ट नाइनमा १-अन्डर ३३ को प्रदर्शन गरे। दोस्रो र तेस्रो होलमा बर्डीको सफलतामा सुरूवात राम्रो गरे। तर पाँचौँ होलमा डबल बोगी खेप्दा सातौँ होलमा बोगीको सामना गरे। यसपछि आठौं र नवौं होलमा एक-एक सट बचाए। ब्याक नाइन उनले १-अन्डर ३४ मा सकाए। १३औँ देखि १५औँ होलसम्म लगातार तीन बर्डी प्रहार गरे तर १०औँ र १८औ होलमा एक-एक सट खेर फाले।
भुवनले तेस्रो र पाँचौँ होलको बर्डीको मद्दतले फ्रन्ट नाइन२-अन्डर ३२ मा सकाए। यसपछि ११औँ होलमा डबल बोगीखेपे। १६औँ र १७औँ होलको बर्डीले ब्याक नाइन इभन-पार३५ मा पुरा गरे।
एमेच्योरतर्फ सुन्दर राई १-ओभर ७० सहित शीर्ष स्थानमा रहेका छन्। उनले सुरेश तामाङलाई एक स्ट्रोकले पछि पारे। सुरेशले पहिलो दिन २-ओभर ७१ स्कोर गरे।
५४ होलको तीन दिने प्रतियोगितामा ३४ प्रोफेसनल र १८एमेच्योर गल्फरहरूले प्रतिस्पर्धा गरिरहेका छन्।प्रतियोगिताको कुल पुरस्कार ८ लाख ८२ हजार रहेको छ। विजेताले १ लाख ५० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः१ लाख र ७२ हजार प्राप्त गर्नेछन्। शीर्ष २१ मा पर्ने गल्फरहरूले पनि नगद हात पार्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?
-
यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य