टाउको बिना वृद्धाको शव फेला, वन्यजन्तुको आक्रमण भएको आशंका

बाँके । वन्यजन्तुको आक्रमणबाट यहाँको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीका ६७ वर्षीया चेती बुढाथोकीको ज्यान गएको छ ।
शम्शेरगञ्ज सबडिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार आज भवती सामुदायिक वनमा दाउरा काट्न जानुभएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने अनुमान गरिएको हो ।
“मृतकको टाउको नै नभएको अवस्थामा फेला परेको हुनाले हामीले बाघ वा चितुवामध्ये कुनै एक वन्यजन्तुले मारेको हुनसक्ने आशङ्का गरेका छौँ”, उनले भने, “मृतक चेतीलाई वन्यजन्तुले आक्रमण गर्दै गरेको कसैले नदेखेको हुनाले ठ्याक्कै बाघले नै मारेको भन्न सकिँदैन वा चितुवाले नै मारेको भन्न सकिँदैन । यसको फरेन्सिक जाँच भयो भने मात्र हामीले तथ्यका आधारमा भन्न सक्छौँ ।”
वरिष्ठ वन अधिकृत शर्माका अनुसार आज दिउँसो ३ बजेको समयमा पूर्वपश्चिम राजमार्गदेखि एक किमी पूर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
-
नेकपा बहुमतद्वारा तीनकुनेमा सरकार र राजावादीको अमानवीय व्यवहारको निन्दा
-
एउटा फरक र्याम्प वाक, तस्बिरहरू
-
वीरगञ्ज बालसुधार गृहमा तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित
-
तीनकुने घटनाको निष्पक्ष आयोग बनाएर छानबिन नगरे अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी
-
नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा