विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला

काठमाडौँ । विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ, म्याग्दी, मोरङ, ओखलढुङ्गामा ४ जना मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौँका कागेश्वरी मनहरा नगरपालिका- ८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरुष बुधवार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित म्याग्दी खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधवार मृत अवस्थामा फेला परेकी छिन् ।
उता मोरङको सुनवर्षी नगरपालिका–४ काशीजान टोलस्थित सडकको नालीमा सोही नगरपालिका–६ खिर्किडागी बस्ने ५० वर्षीय कार्तिकलाल सुतियार मृत अवस्थामा फेला परेका छन् । बुधवार उनी मृत फेला परेका हुन् ।
यता ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५ मुलखर्क बस्ने ३२ वर्षीय करण तामाङ सोही गाउँपालिका–५ लप्सीडाँडास्थित बाटोमा बुधवार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
-
आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै
-
‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक
-
मन्त्री र कुलमानबिच जुँगाको लडाइँले निजी क्षेत्रको बिजोग
-
खरबुजा खाएलगत्तै खानु हुन्न यी चिजहरू
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य