बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

बुधबार, ०९ माघ २०८१, १७ : १४
बुधबार, ०९ माघ २०८१

काठमाडौँ । अभियन्ता आशिका तामाङलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न ५ दिनको म्याद थप भएको प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालले रातोपाटीलाई बताए ।

प्रहरी प्रतिवेदनको आधारमा उनीमाथि गौशाला प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । माघ २ मा पक्राउ परेकी आशिकालाई अनुसन्धान गर्न पशुपति क्षेत्र विकाश कोषले पनि प्रहरीलाई पत्र पठाएको छ । 

पशुपति क्षेत्र विकाश कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी सुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् । 

प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप