सहकारी ठगी प्रकरण
रवि लामिछानेको बयान सकियो
बुधबार, ०९ माघ २०८१, १६ : ५६
_m7BH1KtnN5.jpg)
बुटवल। रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । न्यायाधीश प्रह्लाद कुमार योगीको इजालसमा लिइएको बयान सकिएको हो ।
सो मुद्दा बिहान अदालतले गरेको गोलाप्रर्थामा ५ नम्बर इजलासमा परेको थियो । जिल्ला अदालत रुपन्देही सूचना अधिकार अनन्त मरासिनीले बयान सकिएको बताए । उनले थुनछेक बहस भोलि हुने समेत जानकारी दिए ।
जिल्ला अदालत रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दामा परेको थियो । नारायणबहादुर पहारी सहितका सहकारी पीडितले दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर भएका हुन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी यहाँ आएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ
-
अन्तिम समयमा धनगढी स्तब्ध, पोखरा फाइनलमा
-
विद्याको कुर्सीमा रघुजी, शिक्षकका समस्या सम्बोधन गर्न चुनौती
-
रघुजीलाई बधाई दिँदै शंकरले भने - उहाँ आशा जगाउन सक्ने राजनीतिज्ञ हो, शिक्षालाई सुधारको दिशामा अघि बढाउन सफलता मिलोस्
-
ढुङ्गा झिक्ने क्रममा एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला
-
शिक्षकपछि डाक्टरहरुले पनि थाले आन्दोलन, १२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा