कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
बुधबार, ०९ माघ २०८१, १६ : ३८

काठमाडौँ । नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् । विभागको प्रमुखमा कृष्णचन्द्र नेपाली रहेका छन् ।
सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् । मनोनयन हुने सदस्यहरूमा कृष्णबहादुर के.सी. (कास्की), सुमित्रा खनाल (नवलपुर), विजय भुसाल (चितवन), राधेश्याम पाठक (नवलपरासी), ब्रह्मप्रकाश रौनियार (सुनसरी), मेघनाथ यादव (धनुषा), झनकराज तिमिल्सिना (कैलाली), भीमबहादुर शाही, (कालिकोट), जीतबहादुर लामा (काभ्रेपलाञ्चोक) र सन्तोष कोइराला परियार (नवलपुर) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल
-
मुलुक गम्भीर संकटमा छ, आन्दोलनको विकल्प छैन: साह
-
बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँः परराष्ट्रमन्त्री
-
भ्रष्टाचार र बेथितिले गणतन्त्रलाई कमजोर बनायोः सुदन किराती
-
कोटेश्वरमा रेविका र दिनेशलाई गोली लागेको हो : प्रहरी
-
चैत १५ को प्रदर्शनमा प्रहरीको टाइमलाइन : १२ः५० बजे अश्रुग्याँस प्रहार, २ः५४ मा गोली चलाइयो