आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान

काठमाडौँ । पाकिस्तानी टोली मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।
बुधबार सम्पन्न आफ्नो तेस्रो तथा अन्तिम खेलमा आयारल्यान्डसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १३ रनले स्तब्ध बनेसँगै पाकिस्तान उपाधि होडबाट बाहिरिएको हो ।
बलियो पाकिस्तानमाथि अप्रत्याशित जित हासिल गरेसँगै आयरल्यान्ड भने प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गरेको छ । आयरल्यान्डले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित नौ ओभरमा पाँच विकेट गुमाएर ६९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने निर्धारित नौ ओभरमा ७३ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो । तर, पाकिस्तानले निर्धारित ओभरमा सात विकेट गुमाएर ५९ रनमात्र बनाउन सक्यो । प्रतिकूल मौसमका कारण खेल नौ–नौ ओभरमा झारिएको थियो ।
समूह ‘बी’ मा चारवटै टोलीले तीन–तीन खेल खेलिसक्दा पाँच अङ्कसहित इङ्ल्यान्ड पहिलो स्थानमा रह्यो । तीन अङ्कसहित अमेरिका दोस्रो र तीन अङ्कसहित आयरल्यान्ड तेस्रो भए । यी तीनवटै टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गरे ।
तीन खेलबाट एक अङ्कमात्र बटुल्न सकेको पाकिस्तान भने तालिकाको चौथो स्थानमा रह्यो । जारी विश्वकपमा प्रत्येक समूहबाट तीन–तीन टोली ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ