धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
बुधबार, ०९ माघ २०८१, १६ : ११

सोल । दक्षिण कोरियाले धावनमार्ग नजिक रहेका पक्की पर्खाल भत्काउने भएको छ ।
डिसेम्बरको अन्त्यतिर १७९ जनाको ज्यान जाने गरी विमान दुघर्टना भएपछि सरकारले देशभरका ९ वटा विमानस्थलमा नेभिगेशनका लागि बनाइएका पक्की पर्खाल भत्काइने भएको हो ।
उक्त दुघर्टना दक्षिण कोरियाको इतिहासको सबैभन्दा भयानक दुघर्टना थियो । सो घटनापछि सात वटा विमानस्थलमा धावनमार्ग सुरक्षा क्षेत्र बनाइएको छ ।
क्रिसमसपछि थाइल्यान्डबाट मुआन विमानस्थलमा अवतरण हुन लागेको विमान धावनमार्गबाट चिप्लिएर अगाडि रहेको पक्की पर्खालमा ठोक्किएको थियो ।
उक्त दुघर्टनाको कारण अहिलेसम्म पनि खुल्न सकेको छैन । तर सुरक्षा विज्ञहरूले भने धावनमार्ग अगाडि सो पक्की पर्खाल नभएको भए मृतकको सङ्ख्या निकै कम हुन सक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
-
तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी
-
सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई ब्यानर हस्तान्तरण
-
प्रधानमन्त्री ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्ने
-
मिडफिल्डर रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित
-
झापा, इलाम र विराटनगरको पेटिकाबाट बार निर्वाचनको मतगणना सुरु