अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाबाट भरुवा बन्दुकसहित एक जना मानिसलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी–९ स्थित हरियाली सामुदायिक वनबाट राक्सिराङ गाउँपालिका वडा नम्बर १ गडुवानका ५२ वर्षीय जीत बहादुर थिङलाई पक्राउ गरिएको हो ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार थिङलाई काँधमा भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले थिङको साथबाट बन्दुक एक थानसहित फलामको विभिन्न साइजको गोलाकार बेरिङ १३ थान, फलामको जस्तो देखिने विभिन्न साइजको लाम्चो आकारको वस्तु ३३ थान, बारुद जस्तो देखिने पाउडर ३०५ ग्राम, ढुंगाको जस्तो देखिने वस्तु २४ थान र १ थान खुकुरी बरामद गरेको प्रवक्ता अर्यालले बताए ।
थिङलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पायो पुर्णता
-
पाथीभरा मन्दिरमा एक वर्षमा पुगे २ लाख २१ हजार भक्तजन, तीन करोड भेटी जम्मा
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न [तस्बिरहरु]
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने