बयान लिन सैफको घरमा पुग्यो प्रहरी

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खान पाँच दिनसम्मको उपचारपछि मंगलबार लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालबाट उनी आक्रमण भएको घरमा नगएर अर्कै घर गए । अभिनेता घर फर्केपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । यस घटनामा अभिनेताको बयान रेकर्ड गर्न बुधवार मुम्बई प्रहरी अभिनेताको घरमा पुगेको छ ।
यस क्रममा, एउटा भिडियो पनि सार्वजनिक भएको छ जसमा प्रहरी सैफको भवनमा प्रवेश गरिरहेको देखिन्छ । यस अघि प्रहरीले आक्रमणकारीको मनसायबारे धेरै खुलासा गरेको थियो ।
सैफको साथमा किन थिए रोनित रोय ?
यसैबिच, मंगलबार अस्पतालबाट घर फर्किँदा सैफसँगै अभिनेता रोनित रोय पनि देखिए । सैफको साथमा रोनित देखिएपछि धेरैले चासो व्यक्त गरेका थिए ।
प्रहरी अधिकारीहरूसँग समन्वय गर्दै रोनितले सैफ र करीना कपूरको घरमा सुरक्षा व्यवस्थाको रेखदेख गरिरहेको देखिएका थिए । हमलापछि सैफ अली खानले सुरक्षा एजेन्सी फेरेको र रोनित रोयको सुरक्षा कम्पनी ‘एस सेक्युरिटी’लाई सुरक्षाको जिम्मा दिएको थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा ५ मा पढ्दै गर्दा बिहे भएपछि...
-
१५ खेलको प्रतिबन्धमा परे मार्सेलीका अध्यक्ष पाब्लो
-
चलखेलमा सुपारी आयात खुला, ओली सरकारको ‘कनेक्सन’ !
-
ट्रम्पको पहिलो क्याबिनेट बैठकमा मस्कले भने- मलाई ज्यान मार्ने धम्की आइरहेको छ
-
इतिहासकै सबैभन्दा ठूलो क्रिप्टो चोरी भएपछि एफबिआईले के भन्यो ?
-
मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, चालक फरार