अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल

काठमाडौँ । नेपाली टोली मलेसियामा जारी आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । बुधबार सम्पन्न आफ्नो तेस्रो खेलमा बलियो अस्ट्रेलियासँग ८३ रनले पराजित भएसँगै नेपाली टोली उपाधि होडबाट बाहिरिएको हो ।
टस जिती ब्याटिङको निर्णय लिएको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो ।
जारी विश्वकपमा नेपाली टोली आफूले खेलेको तीनवटै खेलमा पराजित भयो । यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले र दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।
समूह ‘डी’ मा तीन खेलबाट ६ अंक जोड्दै अस्ट्रेलिया पहिलो, समान खेलबाट चार अंक बटुल्दै बंगलादेश दोस्रो र समान खेलबाट दुई अंक हात पार्दै स्कटल्यान्ड तेस्रो भए । यी तीनवटै टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्न सफल भए । अंक बटुल्न नसकेको नेपाल भने तालिकाको चौथो स्थानमा रह्यो ।
अस्ट्रेलियालाई हराउन सकेको भए नेपाली टोली स्कटल्यान्डलाई पछि पार्दै प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्ने थियो । चारवटै समूहबाट तीन–तीन टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान रहेको छ । अस्ट्रेलियाविरुद्धको खेलमा पनि नेपाली ब्याटरहरुले गतिलो प्रदर्शन गर्न सकेनन् । कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कप्तान पूजाले ४२ बलमा उक्त रन बनाएकी हुन् ।
ओपनर साना प्रविण आठ र सावित्री धामी सात रन बनाउँदै आउट भए । ज्योत्सनिका मरासिनीले खाता खोल्न सकिनन् भने सिमाना केसी पनि ६ रनभन्दा अगाडि बढ्न सकिनन् । एलिसा यादवले ११ बलमा एक चौकाको मद्दतले नौ रन जोडिन् ।
तृष्णा विश्वकर्मा पनि एक रन बनाउँदै पेभेलियन फर्किइन् । कृष्मा गुरुङले खाता खोल्न सकिनन् । रचना चौधरीले शून्य र रिया शर्मा एक रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा ६ रन पायो । अस्ट्रेलियन टोलीका बलर हसरत गिल, जुलियट मोर्टन र लिलीले दुई–दुई विकेट लिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ