नेप्से
५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार
बुधबार, ०९ माघ २०८१, १५ : १०

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ५२.३६ अंकले बढेको छ । उच्च अंकले बजार बढ्दा परिसूचक २६६५ बिन्दुमा उक्लिएको छ । आज कारोबार रकम पनि बढेको छ । ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ । कर्पोरेट विकास बैंक र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । ग्रिन विकास बैंकको मूल्य करिब १० प्रतिशतले बढ्यो ।
आज लगानी, अन्य, व्यापार, विकास बैंक, होटल तथा पर्यटन लगायत उपसमूहका कम्पनीमा लगानीकर्ता आकर्षित भए । लगानी उपसमूह ३.८२ प्रतिशतले बढेको छ । अन्य उपसमूह .२४, व्यापार २.४५, विकास बैंक २.७४ र होटल उपसमूहको सूचक २.७१ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
-
प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक
-
गणतन्त्रको पक्षमा हेटौँडामा एमालेको प्रदर्शन (तस्बिरहरू)
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री