बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
नेप्से

५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार

बुधबार, ०९ माघ २०८१, १५ : १०
बुधबार, ०९ माघ २०८१

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ५२.३६ अंकले बढेको छ । उच्च अंकले बजार बढ्दा परिसूचक २६६५ बिन्दुमा उक्लिएको छ ।  आज कारोबार रकम पनि बढेको छ । ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख रुपैयाँको कारोबार भएको छ । 

बुधबार १९६ कम्पनीको सेयर मूल्य बढेको छ । कर्पोरेट विकास बैंक र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । ग्रिन विकास बैंकको मूल्य करिब १० प्रतिशतले बढ्यो । 

आज लगानी, अन्य, व्यापार, विकास बैंक, होटल तथा पर्यटन लगायत उपसमूहका कम्पनीमा लगानीकर्ता आकर्षित भए । लगानी उपसमूह ३.८२ प्रतिशतले बढेको छ । अन्य उपसमूह .२४, व्यापार २.४५, विकास बैंक २.७४ र होटल उपसमूहको सूचक २.७१ प्रतिशतले बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप