बागमतीले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ : मन्त्री थापा
काठमाडौँ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बागमतीले स्वास्थ्य सेवामा ठुलो फड्को मारेको बताएका छन् । उनले प्रदेश राजधानी हेटौँडा सहित प्रदेशभर स्वास्थ्य सेवामा परिवर्तन आएको बताए ।
लायन्स ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानको पुनर्नभा अस्पताल भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री थापाले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत ल्याएपछि सेवा सुधार भएको दाबी गरे ।
विगतमा हेटौँडा अस्पताल रिफर सेन्टरको रूपमा चिनिएको भए पनि प्रतिष्ठान अन्तर्गत गएपछि विशेषज्ञ सेवा थपिँदै सेवा प्रभावकारी बनेको मन्त्री थापाको भनाई छ ।
उनले हेटौँडा अस्पतालसहित प्रादेशिक अस्पतालहरूको सेवालाई थप प्रभावकारी बनाएर नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।
प्रदेशका सबै अस्पतालमा सेवाग्राहीको भिड देखिएको र त्यसलाई व्यवस्थापन गर्दै सेवालाई प्रभावकारी बनाउन सरकारले काम गरिरहेको उनले बताए । मन्त्रालयले जनताको स्वास्थ्य सेवामा सुधार गर्दै गुणस्तरीय सेवा पुर्याउन निरन्तर काम गरिरहेको मन्त्री थापाले बताए ।
प्रदेश सरकारले आयुर्वेद अस्पतालहरूको विस्तार पनि सरकारको प्राथमिकतामा रहेको उनले बताए । मन्त्री थापाले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा प्रत्येक जिल्लामा आँखाको उपचार सेवा पुर्याइने उनको भनाई छ ।
मन्त्री थापाले व्यक्तिगत रूपमा पुनर्नभा अस्पताल निर्माणको लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा लागु औषधसहित दुई जना पक्राउ
-
‘बबल एन्ड क्र्यास’को कथा
-
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता